Logo

अन्तर्राष्ट्रिय

भारतमा संसदीय निर्वाचन आजदेखि सुरु, ९१ क्षेत्रमा प्रचार प्रसार बन्द



 छिमेकी राष्ट्र भारतमा लोकसभा निर्वाचनको पहिलो चरणमा आज ५ सय ४३ क्षेत्रमध्ये २० राज्यका ९१ क्षेत्रमा मतदान हुँदैछ ।

आज मतदान हुने ९१ क्षेत्रमा प्रचार प्रसार बन्द भएको छ । आजको निर्वाचनमा दक्षिणी राज्य आन्ध्रप्रदेश र केही वर्षअघि त्यसबाट चोइटिएर तेलंगनाका सबै अर्थात क्रमशः २५ र १७ क्षेत्रमा मतदान हुने छन् ।

निर्वाचन क्षेत्रका हिसाबले सबभन्दा ठूलो प्रान्त उत्तर प्रदेशका ८० मध्ये ८ क्षेत्र, बिहारमा चार, महाराष्ट्रमा सात, पश्चिम बंगालमा दुई, उडिसामा चार, असममा पाँच, उत्तराखण्डका सबै पाँच, छत्तिसगढमा एक, जम्मू–कश्मीरमा दुई तथा अरुणाञ्चल प्रदेशका दुई क्षेत्रमा मतदान हुने छ ।

यसैबीच भारतको निर्वाचन आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधरित चलचित्र ‘पीएम नरेन्द्र मोदी’ चलचित्रको प्रदर्शन गर्न तत्कालका लागि रोक लगाइएको छ ।

प्रधानमन्त्री मोदी आफै निर्वाचनमा उम्मेदवार रहेकाले भारतमा हुन लागेको निर्वाचन नसकिँदासम्म सो चलचित्र प्रदर्शन गर्न रोक लगाइएको आयोगले जनाएको हो ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार ०२:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।