Logo

विचार / ब्लग

बाजुराको बिकासमा प्रकृति बाधक नै हो त ?



सुदूरपश्चिम प्रदेशको हिमाली जिल्लामा पर्ने बाजुरा जिल्ला विकासको दृष्टिकोणले बामे सर्दै थियो । करिव २२ वर्षपछि साँफे मार्तडी सडक खण्डमा यातायात चल्न शुरु भयो । बाजुरामा पहिलो पटक गाडी पुग्दा स्थानीयहरुले निकै खुसी साथ बाजागाँजा सहित स्वागत गरे । तर पनि लामो समयपछि जिल्लाको मुहार फेरिने विश्वास बोकेका बाजुराबासीहरुलाई प्राकृतिक प्रकोप सधैं बाधक बनिरह्यो । विगतमा चरम खाद्यान्न अभावको सामना गर्दै आएको बाजुरा जिल्लामा यातायात पुगेसँगै केहि सहज हुँदै थियो । विडम्बना अविरल वर्षा सँगै आएको बाढि पहिरोले तमाम बाजुरावासीहरुको लागि निकै दुखदायी रह्यो । साँफे मार्तडी सडक खण्ड अन्र्तगत ताँप्री सेराको पक्की पुल,बुढिंगगा नदिमा बनेको बेलिब्रिज पुलका साथै सडक पक्की सडक समेत छेद विच्छेद बन्यो ।

साँफे मार्तडी सडक पूर्ण रुपमा अवरुद्ध बनेसँगै सडककाे विकल्प पनि खाेजिदैछ ।  विगतमा बाजुरामा सडककाे पहुँच नहुँदा  सन १९८४ अक्टोवर १ तारिख देखि बाजुरा हवाई जहाजको माध्यमबाट नेपालगंन्ज, धनगढी, काठमाण्डौ जस्ता प्रमुख शहरहरुसँग कनेक्ट भयो । बाजुराको उत्तरी भेग कोल्टीमा बनेको यो विमानस्थलले बाजुरा लगायत हुम्ला, कालिकोट, मुगु लगायतका जिल्लाहरुका मानिसहरुलाई अनेकन किसिमका सुविधाहरुसँग जोडिदिएकाे छ । यो क्षेत्रका मानिसहरुलाई सामाजिक,आर्थिक रुपमा परिवर्तन आउने गरी अन्य शहरहरुसँग कनेक्ट हुँदा बाजुरेलीलाई फाइदा नै भएको छ । तर पनि यो सडक भन्दा खर्चिलो छ। जो कोहीले सजिलै प्रयोग गर्न नसकिने देखिन्छ । विमानस्थल अहिले पक्की भएको छ । लिन सक्नेले सुविधा पनि लिएकै छन । यसपालिको बाढी पहिरोको समयमा हवाइजहाजले ढुवानी गरेको सामान सामान्य जनताले किनी खान सक्ने अवस्था रहेन । त्यसैले सडकलाई कसरी दिगो दरिलो र भरपर्दो बनाउने भन्ने कुरा मै जोड दिँदा राम्रो हुन्छ ।

२०५१ सालमा अछाम जिल्लाको साँफेबगर देखि बाजुराको सदरमुकाम मार्तडी सम्मको ५७ किलोमिटर सडक तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्घाटन गरे देखि बाजुराका आम मानिसहरुमा बिकासको आशाको जागेकै हो । त्यसको लगतै २०५२ सालबाट नेकपा माओवादीले थालेको हत्या हिंशाको राजनीतिले यो आशामा तुषारापात भयो । यो बाटोले २०६२/२०६३ को शान्ति आइ सके पछि मात्र प्रश्रय पाउन थाल्यो ।

साँफे मार्तडी सडक खण्ड निर्माणको २२ वर्ष पछि तत्कालिन समयमा बाजुरा जाने बेलीबृज बझाङ जाँदैछ भन्ने हल्ला बाजुरामा चलेपछि बिकासमा पिल्सीएका बाजुरेलीहरुले बाजुरा सदरमुकाम मार्तडीमा विरोध प्रदशन गरे । साथै काठमाण्डोैमा पनि सक्ने जति नेताहरुको प्रयासले बुढीगंगा नदिको जडंगामा त्यो बेलिब्रिज बन्यो । बाजुरा सदरमुकाम जानका लागि सहज भयो साथै सम्पूर्ण बाजुरेलीलाई धनगढी सँग जोड्यो । त्यही समय आसपास अछामको ठाँटी, आर्दोआला, बाजुराको इकडी, बार्जुगाडी, गुइगाड दुइ वटा, ताँप्रिसेरा, तिपाडा, बुढीगंगा, कोर्द र विरे खोला गरी सानाठूला १२ वटा पुल बने । बाजुराको कनेक्टीभिटी प्रदेश राजधानी धनगढी देखि काठमाण्डौ सम्म बढदै गएको थियो । त्यसैको परिणम त हो नि गत सालमा ढम्कनेको अगार्निक आलु शहर बजारमा पुग्यो ।

पाण्डुसैन जुकोट, जगनाथ, साप्पाटाका स्याउ काठमाण्डौ, नेपालगंज, धनगडी लगायतका शहर बजारमा पुगे । केही समय अन्य ठाँउका स्याउ विस्थापन गरी बाजुराका स्याउले बजार लियो । तलबाट चामल, चाउचाउ, चुरोट, रक्सी बोकेका ट्रकमा कोदो, आलु, फापर, स्याउ लगाएतका स्थानिय लोक्कल उत्पादन भरेर पठाउन सकिन्छ तर यो साल बाटोको कारणले बाजुराको उत्पादन शहर बजारमा पुगेको देखिदैन । स्थानिय चुनाब सम्पन्न पछित ९ वटै स्थानिय निकायहरुमा सडकले मात्रै बढी प्राथमिकता पाएको छ । डोजर प्रयोग गरी बनाएका ति सबै सडकहरु पनि छेद बिच्छेद भएका छन ।
 

तर यसपालिको वर्षात पछिको बाढीले यी सबै कुराको संभावना अझै पर धकेलिदियो । सयौ हेक्टर रातो चामल उत्पादन हुने खेत, कादो, मकै, आलु तथा अन्य बाली फलाउन सकिने उर्भर जमिन निमिस भर बगरमा परिणत भयो । ६ जना बाजुरेलीको ज्यान लिने गरी आएको बाढीको वितण्डाले २६ बर्ष देखिको बाजुरालीको धन र पसिना लगाएको सडक छेद विच्छेद बनाउनुको साथै बेलिब्रिज १, पक्की पुल १, झोलुङ्गे पुल २ गरी स्थानीय साँघु हिसाबै नहुने गरी करोडौको सम्पति विनास बनायो । जिउ, धन, घर, पशु चौपाया कता लग्यो भेउनै पाइएन । मानिसहरु घरबार बिहीन भए । यो वीचमा स्थानीय सरकारहरु, प्रमुख जिल्ला अधिकारी, लिल्ला प्रहरी कार्यलय, रेडक्रस लगायतका सरोकार निकायहरु अद्योगी ब्यबसायीहरुले, प्रदेश सरकार र संघ सरकारले राहात तथा पुनस्थापनाका कामहरु आ–आफ्नो तह तप्काको क्षमताले भ्याय सम्मान गरे गरिरहेका छन् । जनतालाई दुःख परेको समयमा साथ र हौसला दिने सबै धन्यबादका पात्र हुन ।

 यहि बाटोको कारणले नै हामी जन्मे देखि नै सुन्दै आएका छौ की बाजुरा खान नपाउनेहरुको बसोबास भएको जिल्ला हो । भोकमरी मत्रै हुन्छ । कहिलेकाही लाग्छ कि हामी बाजुरेलीहरुको इज्जतै छैन । अहिले यहीबाटोको कारणले मार्तडी र कोल्टीमा सामानको बजार मूल्य डबल तेबल बढेको छ । कालोबजारी बढेको छ । हाम्रो बिकासका लागि कत्ति लामो समय सम्म गुइ गाड बाधक भनियो भयो पनि । त्यहाँको समस्या समाधान भएको भान के भएको थियो यता पैमा तिरको पहिरोको कारणले नदि थुन्यो र नदीको कटान आर्को तिरको किनारालाई बनाउदा षडक भन्दा पनि ओमकोटको बस्ती नै उच्च जोखिममा परिसक्यो । यो पहिरोमा काम चलाउ बाटो बन्ला तर दिगो हुने संभावना देखिदैन ।

त्यसैले हामीले यो बाटोको यो खण्डमा अन्य ठाँउबाट बाटो लिन जरुरी छ । पहिलो बिकल्प ओमकोटको माथिबाट तिपाडामा मिसाउने, अर्को हो आटिचौर, जुगाडा, भौने हुदै मार्तडी जोडने बाहेक अन्य विकल्प छैन जस्तो लाग्छ । यदि हामी दिर्घकालिन समाधान तिर लाग्ने हो भने षडकलाई  नयाँ सिराबाट सोचेर एलायनमेण्ट गर्न जरुरी छ । भौगोलिक तथा प्राकृतिक हिसावले यो ठिक हुन्छ । अर्को कुरा मार्तडी देखि कोल्टी पिलुचौर सम्मको षडकको पनि हालत त्यही नै छ यता तिर पनि ध्यान दिनु जरुरी छ । यी यती हुनुका पछाडी भौगोलिक विकटता, कमजोर भु–बनोट, दैवि प्रकोप हुदा हुदै केही हामी मावबिय कमजोरीहरु पनि छन । कुनै पनि परियोजना सुरु गर्न त्यहाँको माटो परिक्षण, भु–बनोटको अवस्था, भु–क्षय, बाढी पहिरो अदि प्राकृतिक प्रकोप जन्य समस्याबाट बच्ने गरी सडक एलायमेण्ट गरिएको भए आज यो अवस्था शिर्जना हुदैन पो थियोकी ।

         
लेखक: भरत बहादुर रोकाया नेपाली काँग्रेस बाजुराका जिल्ला कार्यसमितीका सदस्य हुन ।

 

प्रकाशित : ३१ भाद्र २०७७, बुधबार