Logo

सुरक्षा/अपराध

लाखौँ रकम र धनमाल चोरी



काठमाडौं महानगरपालिका-१६ म्हैपी डेरा गरी बस्ने गोरखा घर भएका ३८ वर्षीय  केदार थापा मगरको कोठाबाट नगद ५० हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब २ लाख ३८ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ । 

यसैगरी काठमाडौं, टोखा नगरपालिका-१० जलबिनायक कोलोनी बस्ने ४२ वर्षीया सुशिला शेरचनको घरबाट करिब १८ तोला सुनको बिभिन्न गहना, १ थान हिराको हार, १ थान हिराको चुरा, १ थान औठी, १ थान लकेट, १ थान टप समेत गरी करिब ३२ लाख रुपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको छ । 

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : १४ पुष २०७७, मंगलवार १३:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।