कृषकहरुको मागको आधारमा ५० प्रतिशत अनुदानमा कृषकको घर घरमै मल पुग्ने भएको छ । प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, आलुजोन बडिगाड बाग्लुङले यसै आर्थिक बर्षमा बिनियोजित बजेट कार्यान्वयनको क्रममा कृषकहरुको मागको आधारमा ५० प्रतिशत अनुदानमा कृषकको घर घरमै मल पुर्याइयको बरिष्ठ कृषि अधिकृत तथा कार्यलय प्रमुख कृष्ण प्रसाद पौडेलले बताए ।
उक्त आलुजोन कार्यनयन परियोजना इकाई गुल्मी बाग्लुङमा गुल्मी जिल्लाका २ स्थानिय तह मालिका गाउँपालिकाका १-५ वडा ,मदाने गाउँपालिकाका १, २ र ५ र बाग्लुङ जिल्लाका ६ ओटा स्थानिय तह बडिगाड गाउँपालिकाका १,३,५,६,७,८र १० तमान खोला र तारा गाउँपालिकाका सबै वाडा, निसिखोला गाउँपालिकाका ५ र ६ , ढोरपाटन नगरपालिकाका ३ देखि ९ र गल्कोट नगरपालिकाको वाड न १० गरि जमा ८ ओटा स्थानीय तहका कृषि समूह ,निजि उधम तथा सहकारी गरि पहिलो बर्षमा १३४ समूह सुचिकृत भएका बरिस्ठ कृषि अधिकृत पौडेलले बताएका छन।

चालू बजेट अनतर्गत बिनियोजित रकम बाट कृषक हरुको मागको आधारमा आर्गानिक उत्पादनलाइ प्रोत्साहन गर्न को लागी ४३ कुइन्टल प्राङगारिक मल वितरण गरिएको कृषि अधिकृत बिस्वास काफ्लेले बताएका हुन ।
कृषकहरुको घर घरसम्म मल ढुवानी को बेबस्था कार्यलय आफैले गरेको समेत अधिकृत काफ्लेले बताएका हुन यसै आर्थिक बर्ष कार्यलयमार्फत संचालित साना सिचाइ आयोजना ,आलु तथा बीउ संकलन गोदाम र प्याकेज को लागि post harwast र rastic store निर्माणको कार्यलाई समेत तिब्रता दिएको बताइयको छ।



















प्रतिक्रिया