Logo

प्रमुख समाचार

श्रममन्त्री बिष्टको परिवारले पिउने पानीमा कसले विष हाल्यो ?



श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टको घर–परिवारसहितका गाउँलेले पिउने पानीको ट्याङकीमा विष हालिएको खुलासा भएको छ । गुल्मीको इस्मा गाउँपालिका–४ दोहली बाँझमा रहेको बिष्टको परिवारले प्रयोग गर्दै आएको पानीमा विष हालिएको सूचना बाहिरिएपछि सनसनी मच्चिएको छ ।

सोमवार विहान इस्मा गाउँपालिका प्रमुखसेमत रहेका मन्त्री विष्टका दाजु लक्ष्मण विष्टलाई स्थानीय एक महिलाले ट्याङ्कीमा कसैले विष राखिदिएको बताएकी थिइन् ।

सो जानकारीपछि आफ्नो परिवारसहितका गाउँले उक्त ट्याङकीको पानी पिउन छाडेको अध्यक्ष विष्टले जानकारी दिए । उक्त ट्याङकीको पानी परीक्षण गराउन सदरमुकाम तम्घास लगिएको छ । यस विषयमा प्रहरीलाई खबर गरिएको अध्यक्ष विष्टले बताए ।

पानीमा विष हालियो भनेर खबर गर्ने महिलाको भनिएको नाम खुलेको छैन् । यद्यपी पानीमा विष हालेको नहालेको भन्ने पुष्टी हुन सकेको छैन् । कसैले अफवाह फैलाएको हुन सक्ने अध्यक्ष विष्टले बताए ।

उक्त ट्याङकीको पानी मन्त्रीविष्टको परिवारसहित वडा नम्वर ३ र ४ का करिव ५ सय घरधुरीले उपभोग गर्दै आएको बताइएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार ०८:००   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।