अमेरिकी उपराष्ट्रपती कमला ह्यारिसले कोरोना बिरुद्दको भ्याक्सिन लगाएकी छन् ।
उपराष्ट्रपति ह्यारिसले मंगलबार लाइभ भ्याक्सिनेशन गरेकी छन् । उनि भन्दा पहिला राष्ट्रपति जो बाइडनले पनि लाइभ भ्याक्सिनेशन गरेका थिए ।
उपराष्ट्रपति ह्यारिसले राजधानी वाशिंगटनको यूनाइटेड मेडिकल सेन्टरमा भ्याक्सिनेशनको पहिलो डोज लगाएकी हुन् । साथै उनले उक्त भ्याक्सिनेशनपछि सबैलाई भ्याक्सिन लगाउन आग्रह समेत गरेकी छन् ।
तर कोरोनाको चर्को बिरोध गर्दै आएका डोनाल्ड ट्रम्पले भने अहिलेसम्म भ्याक्सिनेशन गराएका छैनन् ।
प्रतिक्रिया