Logo

कोशी प्रदेश

प्रदेश नम्बर राजधानी धनकुटा



प्रदेश नम्बर १ को स्थायी राजधानी र नाम तोक्न नसकेको भनेर चर्को आलोचना खेपीरहेका प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले मन्त्री परिषदको बैठकबाट धनकुटालाई प्रखेश १को सम्पर्क राजधानी तोकेका छन् ।आज बसेको मन्त्रिपरिषदको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो ।

यसअघि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहने गरि निर्णय भएको प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए । धनकुटा यसअघि पूर्वाञ्चल विकास क्षेत्रको राजधानी थियो ।

संघीय सरकारले क्षेत्रीय प्रशासन कार्यालयहरु भंग गरे लगत्तै प्रदेश सरकारले पूरानो क्षेत्रीय सदरमुकामलाई प्रदेशको सम्पर्क राजधानी बनाएको हो । त्यस्तै प्रदेश १ को यातायात कार्यालय पनि धनकुटामै राख्ने निर्णय प्रदेश सरकारले गरेको छ ।

प्रदेश नम्बर १को स्थायी राजधानी धनकुटालाई तोक्न माग गर्दै स्थानियले लामो समय आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलवार १२:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।