Logo

मोदीको जन्मदिनमा प्रधानमन्त्री ओलीको शुभकामना- ‘सुस्वास्थ्य र खुशीको कामना गर्दछु’



 प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र दामोदारदास मोदीलाई जन्मदिनको अवसरमा शुभकामना दिनुभएको छ । आज परेको भारतीय प्रधानमन्त्री मोदीको जन्मदिनमा प्रधानमन्त्री ओलीले सुस्वास्थ्य र खुसीको कामना गर्दै ट्विट गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले ट्विटमा मोदीलाई मेन्सन गर्दै लेख्नुभएको छ( ‘प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी, तपाइँको जन्मदिनको सुखद् अवसरमा यहाँलाई न्यानो अभिवादन १ म तपाइँको सु(स्वास्थ्य र खुसीका लागि शुभकामना व्यक्त गर्दछु ।’ उहाँको ट्विट अंग्रजी भाषामा लेखिएको छ ।

kppp.jpg

उहाँले भारतीय समकक्षी मोदीसँग मिलेर काम गर्ने समेत उल्लेख गर्नुभएको छ । यसअघि भारतसँगको सीमा विवाद र नक्सायुद्धले उग्र रूप लिएपछि नेपाल(भारतबीच सम्बन्ध चिसिएको अनुमान गरिएको थियो । पछिल्लो समय दुवै देशका तर्फबाट कूटनीतिक पहल र संवाद हुन थालेको छ ।

 

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ८ : ५९ बजे