Logo

बैंकिंग

मासिक कर्जाको छुट्टाछुटै प्रिमियम दर सहित ब्याजदर निर्धारण गर्न राष्ट्र बैंकको निर्देशन 



बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकले कात्र्तिक महिनाको लागि ‘क’, ‘ख’ र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई ब्याजदर सार्वजनीक गर्न निर्देशन दिएको छ । बैंकले बुधबार सुचना जारी गर्दै सोही जानकारी गराएको छ ।

राष्ट्र बैंकको सुचना अनुसार बैंकले कर्जाको प्रकार तथा भुक्तानी अवधिका आधारमा छुट्टाछट्टै प्रिमियम दर तय गरी मासिक रुपमा कर्जा तथा सापटको ब्याजदर निर्धारण गरि असोज मसान्तसम्म प्रकाशन गर्नु पर्नेछ । 

राष्ट्र बैंकले जारी गरिएको सुचनामा ‘यस बैंकबाट मिति २०७७–५–२८ मा ‘क’,‘ख’ र ‘ग’ वर्गका इजाजत पत्रलाई जारी गरिएको एकिकृत निर्देशन –२०७७ को इ.प्रा.निर्देशन नं. १५–०७७ को बुँदा ३ को उपबुँदा १४ को व्यवस्था अनुसार कर्जा अवधि भर परिर्वतन नहुने गरी तोकिने स्थिर ब्याजदर सोही निर्देशनको बँदा ३ को उपबुँदा ३ बमोजिम पहिलो पटकका लागि २०७७ असोज मसान्तभित्र निर्धारण तथा प्रकाशन गर्नुपर्ने व्यहोरा सम्बन्धि सबैमा जानकारीको अनुरोध गर्दछु ।’ लेखिएको छ । 

सोही एकिकृत निर्देशनमा इ.प्रा.निर्देशन नं. १५–०७७ को बुँदा ३ को उपदफा १४ मा यस्तो व्यवस्था गरिएको छः

14.JPG
सोही निर्देशनको बुँदा ३ को उपबुँदा ३ को यस्तो व्यवस्था रहेको छः 

‘कर्जाको प्रकार तथा भुक्तानी अवधिका आधारमा छुट्टाछट्टै प्रिमियम दर तय गरी मासिक रुपमा
कर्जा तथा सापटको ब्याजदर निर्धारण तथा प्रकाशन गर्नु पर्नेछ । आगामी महिनाको लागि
कर्जा तथा सापटमा लागु हुने ब्याजदर सम्बन्धी सुचना नेपाली महिना सुरु हुनु पूर्व प्रकाशित
गरिसक्नुपर्ने छ ।’

 

 

प्रकाशित : १ आश्विन २०७७, बिहिबार