प्रदेस न १ को सुनसरी जिल्लामा पर्ने इटहरी नगरपालीकाका मेयर द्वारिकलाल चौधरीले कर्मचारीलाई हातपात गरेपछि कर्मचारीहरू आन्दोलित भएका छन्। बुधबार एकैदिन सबओभरसियर राम खड्कालाई कार्यकक्षबाट जबरजस्ती निकालेको तथा नासु मनोज दाहाललाई कार्यकक्षमै पुगेर हातपात गरेको भन्दै कर्मचारीहरू आन्दोलित बनेका हुन्।
आवान्छित, अलोकतान्त्रीक र अपराधिक हर्कत गरेको भन्दै कर्मचारीहरूले प्रेश विज्ञप्ती जारि गर्दै आन्दोलन गरेका हुन्। ‘कर्मचारी कुट्ने मेयर मुर्दावाद भन्दै’ कर्मचारीहरुले नगर परिषरबाट नारा जुलुस निकाल्दै सडकसम्म आएर चर्को नाराबाजी समेत गरेका थिए।
इटहरी उपमहानगरपालीका कर्मचारी परिवारको नाममा कर्मचारीहरूले बुधबारबाटै उपमहानगरका सबै २० वडामा समिति र नगरपालीकाको कार्यलयमा तालबन्दी गर्ने र बिहिबारबाट उपमहानगरको प्रांङ्गणमा भेला हुने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।
बुधबार साढे पाँच बजेपछि कर्मचारीहरू आन्दोलित भएपछि मेयर चौधरी गाडिमा चढेर हतारहतार बाहिरिएका थिए। मेयर चौधरी नगरकार्यपालीकाको बैठक सकेर आफ्नो कार्यकक्षमा नआइकन घुमाउरो बाटो भएर गेटमा निस्किएर बाहिरिएका थिए।
यसरी भयो घटना
बुधबार दिउँसो तीन बजेपछि इटहरीका मेयर नासु मनोज दाहालको कार्यकक्षमा पुगे। आन्तरिक लेखा परिक्षण गर्ने दाहाललाई मेयरले ‘भ्रष्टाचारी’ भन्दै गाली गर्न थाले। दाहालसँगै रहेका एक कर्मचारीका अनुसार उनले गाली गर्दागर्दै दाहाललाई हातपात गर्न थाले। अश्लिल गाली र हातपात गरेर मेयर आफ्नो कार्यकक्षमा गए।
कर्मचारी कुटेको प्रमाण खोज्न कर्मचारीहरू सीसीटीभि फुटेट खोल्न थाले। मेयरले सीसीटीभि बन्द गरेर कुटपीट र गालीगलौज गरेको कर्मचारी सुरेश कार्कीले बताए। कार्कीका अनुसार नियतवश मेयर चौधरीले कर्मचारी दाहाललाई सीसीटीभि अफ गराएर कुटेका थिए।
बुधबार नै मेयर चौधरीले अपरान्ह आफैले नियुक्ति गरेका कर्मचारी राख्न खड्कालाई घिसार्दै कार्यालयबाट निकालेका थिए। इटहरीका स्थानीय चाणक पोखरेलको परिवारबाट घुस लिएको भन्दै मेयरले कर्मचारी खड्कालाई निकालेका थिए। घर सम्पन्न भएको प्रमाणपत्र दिने नाममा सेवाग्राहीबाट घुस लिएको भन्दै मेयर चौधरीले अश्लिल गाली गर्दै खड्कालाई निकालेका थिए। आफूले घुस नलिएको तर मेयर चौधरीले उजुरीको आधारमा आफूलाई दुव्र्यवहार गरेको कर्मचारी खड्काले दाबी गरेका छन्।
इन्जिनियर, ओभरसियर लगायत अन्य प्राविधिक कर्मचारीहरुसँगै बोलाएर मेयरले अश्लिल गाली गर्दै निकालेको आफैले स्विकारेका छन्। उनले भने, ‘स्थायी भएको भए निकाल्न सकिदैन थियो। अस्थायी भएकोले अफिसबाटै निकालिदिए यो समाचार नेपाल समयबाट लिएका हौँ ।





















प्रतिक्रिया