कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । नयाँ सार्वजनीक ब्याजदर अनुसार मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ७ दशमलव २५ र संस्थागत तर्फ ६ दशमलव ५० प्रतिशत ब्याज निर्धारण गरिएको छ । भने बचतमा शून्य दशमलव ६० देखि ५ प्रतिशतसम्म ब्याजदर रहेको छ ।
बैंकले १३ प्रकारको बचत खाता सञ्चालन गरिरहेको छ । बैंकको साउन मसान्तसम्मको आधारदर ८ दशमलव ९५ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १३ दशमलव ८५ प्रतिशतसम्म ब्याज लाग्ने जनाएको छ ।
बैंकबाट एग्रो प्रडक्ट लोन, लाइभ स्टक लोन, फिसिङ फार्मिङ लोन, युवा स्वरोजगार कर्जा, कोल्डस्टोर लोन लिँदा १० दशमलव ९५ प्रतिशत ब्याज लाग्ने छ ।
यस्तै होम स्टे सर्भिस लोन, हाउस होल्ड, पर्यटन, हायर पर्चेज, शैक्षिक धितोकर्जा, अटो लोन मोटरेज लोनमा १३ दशमलव ८५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
प्रतिक्रिया