Logo

प्रमुख समाचार

४१ बुँदे मागसहित नेपाली काँग्रेस रेसुङ्गा नगर समितिले बुझायो नगरपालिकामा ध्यानाकर्षण पत्र



जिल्लाको रेसुङ्गा नगरपालिकामा नेपाली काँग्रेस रेसुङ्गा नगर कार्य समितिले ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार नगरपालिकाको कार्यालयमा ४१ बुँदे योजनाहरुको मागसहित ध्यानाकर्षण पत्र बुझाएको नेपाली काँग्रेस रेसुङ्गा नगरपालिका नगर सभापति छवि पाण्डेले जानकारी दिए । उनले नगरपालिकामा पछिल्लो समयमा विधि र विधान विपरित गतिविधिहरु अगाडी बढिरहेकोले त्यसलाई रोक्न यो ध्यानाकर्षण पत्र बुझाएको बताए ।

नगरपालिकामा भएका कुनै पनि कार्यक्रमहरु दीर्घकालिन नभएको हुनाले यहाँको शैक्षिक संस्था, स्वास्थ्य क्षेत्र, व्यापार, उद्योग, कृषी, पर्यटनमा प्रत्यक्ष असर पुगेको र प्रतिपक्षलाई वास्ता नगरेको, कुनै आयोजनाको सार्वजनिक सुनुवाई नगरेको, प्रतिपक्षको छलफल विना नै कार्यपालिका सदस्यको बैठक बसेको लगायतका विषयहरुमा ध्यानाकर्षण गराइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

विभिन्न योजना तथा विभिन्न विकासका कार्यहरुमा नगरप्रमुखले एकलौटी निर्णय गरी अगाडी बढाएकोले नेपाली कांग्रेस नगर कार्यसमितिले यो ध्यानाकर्षण पत्र बुझाएको नेपाली काँग्रेस नगर कार्यसमिति सचिव अनिल बस्नेतले बताए ।

छलफल पछि नगर प्रमुख डिल्लीराज भुसालले ध्यानकर्षण पत्र बुझ्दै भने – मेरो विरोध नगर्नुस, सरसल्लाह र सुझावको लागि धन्यवाद । “सुझावले काम गर्नको लागि अझ बढी हौसला र राम्रोसँग काम गर्नको लागि प्रेरित गर्ने भएकोले यस्तो सुझावका लागि मैले गर्नुपर्ने कामहरु तपाईंले नै माग राख्नुभयो”, नगर प्रमुख भुसालले भने ।

यी हुन ४१ बुँदे योजनाहरुको माग :


१. रेसुङ्गा नगपालिका भित्र रहेका सम्पूर्ण वडाहरुमा शुद्ध खानेपानीको व्यवस्था मिलाउनु पर्ने ।


२. मज्याङ्ग, चमेरेदुला, जोरपानी, सिस्नेहार – कुटी र भुवनपानी जस्ता लिफ्टिङ्ग खानेपानी योजनालाई तत्काल सम्पन्न गरी सञ्चालनमा ल्याउनुपर्ने ।


३. वडा नं. १४ पराल्मीको खुट्टेखोला लिफ्ङ्गि खानेपानी, वडा नं. १२ को ठुलढुङ्गा मुनी लिफ्टिङ्ग खानेपानी योजना, वडा नं. ११ काके अधेरीगैरा लिफ्टिङ्ग खानेपानी योजना, आपपाटा–बेलपाटा लिफ्टिङ्ग खानेपानी योजना, छहरा खोला लिफ्टिङ्ग खानेपानी योजना, वडा नं. १० को लिसारुख लिफ्टिङ्ग खानेपानी योजना, वडा नं. ६ को तुसारे–थाम–सानथुम–जिमुरखर्क, लिफ्टिङ्ग खानेपानी योजना लगायतका योजनाको सम्भाव्यता अध्ययन तथा योजना सञ्चालन गरी उपल्लो बस्तीमा रहेका जनतालाई खानेपानीको व्यवस्था गर्नुपर्ने ।


४. मुहान क्षेत्रको माथिल्लो भागमा सुख्खा पोखरीको निर्माण कार्यलाई प्राथमिकता दिनुपर्ने ।


५. वडा नं. १० को मोहराई – भर्तालटोल – आम्डाडा – रैया – गर्भे दारिमपाटा – राङ्गवास – जामुने – भाल्दी –अर्खले – सिम्लारुखको मोटरबाटो निर्माण गरी तल्लो वस्तीलाई सडक सञ्जालमा जोडने लगायत नगरपालिका क्षेत्रभित्रका सबै वासिन्दालाई सर्वसुलभ यातायातको व्यवस्था गर्न मोटरबाटो निर्माण तथा स्तरोन्नती गर्ने ।


६. वडा नं. ५ र ६ को लामडाँडा–ठुलापोखरा–डिकनेटा–मुलाबारी–माटाखानी मोटरबाटो निर्माण गर्नुपर्ने ।


७. निर्माणधिन रेसुङ्गा एयरपोर्टलाई तिव्र रुपमा निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउनुपर्ने ।


८. पर्यटकिय क्षेत्र रेसुङ्गामा केवलकार सञ्चालन गर्नको लागी आवश्यक व्यवस्था मिलाउने ।


९. रेसुङ्गाको सिद्धबाबा क्षेत्रमा मानव निर्मित ताल र जढिबुटी उद्धानको व्यवस्था गर्नुपर्ने ।


१०. रेसुङ्गा बहुमुखी क्याम्पसले त्तब्ब् सट्रीफिकेट प्राप्त गरि सकेकोले यसमा थप आर्कषक र प्राविधिक विषयको पठनपाठनको व्यवस्था मिलाउनुका साथै त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पस बनाउन पहल गर्नुपर्ने ।

११. नगर क्षेत्र भित्र रहेका सम्पूर्ण शैक्षिक संस्थाको स्तरवृद्धी गरी एक विद्यालय एक प्राविधिक शिक्षाको व्यवस्था मिलाउनुपर्ने साथै शिक्षकहरुलाई मनोवल बढाउनको लागि प्रोत्साहन गर्नुपर्ने ।

१२. जिल्ला अस्पतालको स्तरवृद्धी गरी उपकरण सहितको विशेषज्ञ डाक्टरको व्यवस्था गर्नुपर्ने र सबै वडामा स्वास्थ्य चौकीको व्यवस्था गर्नुपर्ने ।

१३. सम्पूर्ण महिला स्वास्थ्य स्वयम सेवीकालाई जीविकोपार्जन हुने गरी भत्ताको व्यवस्था गर्नुपर्ने ।


१४. चिदिचौर र उनायचौरलाई रगाँशालाका रुपमा विकास गर्न बजेट विनियोजन गर्ने ।


१५. रातामाटा–पराल्मी जोड्ने झोलुङ्गे पूलको निर्माण गर्न प्रकृया अगाडी बढाउने ।


१६. रेसुङ्गा नगरपालिका वडा नं. १४ लाई विभाजन गरी कम्तिमा २ ओटा वडा बनाउन सम्बन्धित निकायमा पहल गर्न प्रकृया अगाडी बढाउने ।

१७. तम्घास – पराल्मी – इन्द्रेगौंडा मोटरबाटोलाई स्तरोन्नती गर्ने, साथै बाख्रेछेडा – उपल्लो भाडगाँउ – गौशाला मोटरबाटो निर्माण गर्ने ।

१८. रेसुङ्गा नगरपालिका वडा नं. १ र ७ को सिमाना माथीको मुहान नजिक रहेको डम्पिङ्ग साइडलाई हटाई तत्काल उपयूक्त ठाउँको खोजी गर्ने ।

१९. रेसुङ्गा नगर क्षेत्र भित्र रहेका सामुदायिक बन तथा सार्वजनिक जग्गा अतिक्रमणलाई पुन नापछेक गरी सरकारी जग्गाको संरक्षण गर्नुपर्ने ।


२०. प्राकृतिक श्रोत र साधनहरुको दुरुपयोगलाई तत्काल रोक्नुपर्ने जस्तै : खोटो संकलन, वालुवा, गिटी, ढुङ्गाखानी ।


२१. युवालाई स्वरोजगारको व्यवस्था गर्न, सिप विकास तथा कृषिजन्य कार्यमा सहभागी हुने वातावरण सिर्जना गर्ने ।


२२. खेती योग्य भूमीको पहिचान गरी प्लटिङ्ग गर्न, बाझो राख्न नदिने ।


२३. वडा नं. ३ भाडगाउ र वडा नं. ६ को नयाँगाउँ, बालकाटे र पराल्मीलाई क्षेत्रलाई सुन्तला सिंचाई कार्यक्रममा समावेश गरि सुन्तला पकेट क्षेत्रको रुपमा विकास गर्नुपर्ने र अन्य वडामा सम्भाव्यता अध्ययन गरी पकेट क्षेत्रको रुपमा विकास गर्नुपर्ने साथै प्रत्येक वडामा कृषि प्राविधिकको व्यवस्था गर्नुपर्ने ।

२४. देउराली देखी बाख्रेछेडा, बागमारे हँदै गएको सडकलाई फराकिलो बनाउँदा ठुलो धनजनको क्षती हुँदा तत्काल बैकल्पिक भागको व्यवस्था गर्नुपर्ने ।

२५. योजना सञ्चालन गर्दा सार्वजनिक सुचनाको हकबाट जनतालाई बञ्चीत नगराउने, योजना निर्माणमा गुणस्तरलाई प्राथमिकता दिने, दररेट र कोटेशनको व्यवस्था मिलाउने ।

२६. सबै वडाबाट योजनाको सम्झौता तथा भुक्तानीको व्यवस्था मिलाउनुपर्ने ।


२७. राजस्व निर्धारण गर्दा जग्गाको वर्गिकरण र उत्पादनको आधारमा न्यूनतम कर तोक्नुपर्ने ।


२८. महिला, दलित, जनजाती तथा विभिन्न वर्गका समुदायलाई चेतनामूलक र रोजगारमूलक तालिमको व्यवस्था गर्ने ।

२९. यस नगर क्षेत्र भित्र रहेका समपूर्ण मठ–मन्दिर, पाटी–पौवा, चौतारी, पोखरी लगायतका सार्वजनिक स्थलहरुको संरक्षण
तथा स्तरोन्नती गर्ने ।

३०. रेसुङ्गा नगरपालिका मा रहेको रेसुङ्गा गाईगोठ (गौशाला) लाई गौवृद्धा आश्रमको रुपमा विकसित गरी संरक्षण गर्नुपर्ने ।

३१. नगर बाल उद्यान उपल्लो तम्घासलाई व्यवस्थित गर्ने ।

३२. वजार क्षेत्रमा देखिएको ट्राफिक जामलाई न्यूनिकरण गर्नको लागी पार्किङ्ग स्थलको व्यवस्था गर्ने ।

३३. रेसुङ्गा क्षेत्रको मैरी भन्ने स्थानमा ःभमष्तबतष्यल ज्गद (ध्यानकेन्द्र) को निर्माण गर्ने ।


३४. रेसुङ्गमा वाह्य तथा आन्तरिक पर्यटक आकर्षण गर्नको लागि को व्यवस्था गर्नुपर्ने ।


३५. नगर क्षेत्रका महत्वपूर्ण र संवेदनशिल क्षेत्रमा सी.सी क्यामेराको व्यवस्था गर्नुपर्ने ।

३६. वडा नं. १३ को सिरान–छम्दी हुँदै दरबार जोड्ने मोटरबाटोको स्तरोन्नतीका साथै नाली निर्माण गर्नुपर्ने ।

३७. वडा नं. १४ को टेकुवा दमार सिंचाई योजना निर्माण गर्नुपर्ने ।

३८. प्रत्येक वडामा खेलमैदान र कबर्ड हलको व्यवस्था गर्नुपर्ने साथै तम्घासमा २ हजार क्षमताको आकर्षक र सुविधा सम्पन्न सभा हल निर्माण गर्नुपर्ने ।

३९. वडा नं. १४ को छेंडा–ताम–छाप–पहिरे हुँदै छल्दी पुल मोटरबाटो निर्माण गर्नुपर्ने ।

४०. वडा नं. ७ को जुरेढुङ्गा देखि उनायचौर र वडा नं. १४ को डिमिक देखि भङ्लाङ्ग बञ्जिजम निर्माण गर्नुपर्ने साथै झक्कलेमा ड्याम निर्माण गरि -याफ्टिङ्ग सञ्चालन गर्नुपर्ने ।

४१. हाल केही वडामा डिप बोरिङ्ग गरि खानेपानी सञ्चालनमा आएकोमा सम्बन्धित वडा तथा उपभोक्ता समितिहरुलाई हार्दिक धन्यवाद दिन्छौ साथै यस्ता योजनाहरुलाई दिगो बनाउनको लागि अव उपरान्त सञ्चालन हुने डिप बोरिङ्ग कार्यमा जियो इलेक्ट्रिक रेसिस्टिभिटी सर्भे गरेर मात्र प्रक्रिया अगाडी बढाउन प्रोत्साहन गर्नुपर्ने ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहीबार १२:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।