Logo

कर्पोरेट फोकस

एनपीएल अध्यक्ष पोखरेलले नेप्से र सि.डि. एस. लाई खुल्ला पत्र लेख्दै भनिन्, ‘क्लोज आउट पूर्ण रुपमा उन्मूलन गरिदिनु’



नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले क्लोज आउट पूर्ण रुपमा उन्मूलन गरिदिन नेपाल स्टक एक्सचेन्ज र सिडिएसलाई खुल्ला पत्र लेखेकी छिन् । 

उनले पत्रमा लेखेकी छन्, “आज देशै भरि सक्कली र नक्कलीको चर्चा चलि रहँदा  सक्कली तरिकाले नै मिति २०७७–०३–१६ गतेबाट डिपी होल्डिडमा भएको सेयर मात्रै बिक्री हुने अन्यथा सिस्टमले प्रबिष्ट नै नगर्ने मेकानिजम बनाईएको हो भने (यो कुरा धितोपत्र बोर्डका अध्यक्ष श्री भिष्मराज ढुङ्गाना ज्यूको एक  टेलिभिजन अन्तरवार्तामा सुने अनुसार)  हामी लगानीकर्ता संग लाखौ रुपैया क्लोज आउटको नाममा किन असुली रहने ? 
मेरो अनुरोध के पनि हो भने आम लगानीकर्ता (पहुँचवाला बाहेक) को डिपी होल्डिड मा देखिएको सेयर मात्रै बिक्री हुन्छ भने यो E-dis को सिस्टम किन चाहियो ? सिधै किन्ने ब्रोकरकोमा सेयर पठाईदिन CDSc लाई कहाँ नेर बाधा पर्यो? यदी कानुनले बाधा शृजना गरेको हो  भने कानुनमा संसोधन गरेर भए पनि लगानीकर्तालाई  E-dis गरिरहनु पर्ने झण्झटबाट मुक्त किन नगरिदिने?
 कि E-dis नामधारी अल्झन राखेर  राज्यले अनन्तकाल सम्म लगानीकर्ताबाट लाखौ  रुपैया जरिवाना असुलि रहने हो रु  मेरो अनुरोध यो पनि छकी लगानीकर्ताको डिपीमा भएको सेयर मात्रै बिक्री हुने अन्यथा सर्ट सेल हुनै नसक्ने हो भने यो E-edis को अल्झो आजै बाट जरै देखि किन उन्मुलन नगर्ने?

सम्बन्धित निकायको जवाफको अपेक्षा गर्दछु ।”  

प्रकाशित मिति : २० पुष २०७७, सोमबार ११:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।