Logo

प्रवास

भारतका केन्द्रीय मन्त्री नितिन गड्करीलाई कोरोना सङ्क्रमण



भारतका केन्द्रीय यातायात मन्त्री नितिन गड्करीलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ ।  उहाँले आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको सामाजिक सञ्जालबाट जानकारी दिनुभएको छ । 

उहाँले पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएकाहरुलाई तत्काल स्वास्थ्य परीक्षण गर्न र  सतर्कता अपनाउन पनि आह्वान गर्नुभएको छ । 

“मैले हिजो कमजोर महसुस गरेँ, अनि मैले चिकित्सकसँग परामर्श गरेँ, अनि कोरोना परीक्षण गर्दा कोरोनाभाइरसबाट सङ्क्रमित भएको नतिजा आयो,” उहाँले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ । 

उहाँले थप लेख्नुभएको छ, “भगवानको कृपा र तपाईहरु सबैको सुभेच्छाले मलाई अहिले धेरै निको भइसकेको छ, म अहिले आराम महसुस गरिरहेको छु ।रासस 

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ३ : ०६ बजे