Logo

लुम्बिनी प्रदेश

मेलान गुल्मीको आयोजनामा नि:शुल्क सुगर परिक्षण



 

मेडिकल ल्यावोरेटोरी एशोसिएसन अफ नेपाल ‘मेलान’ गुल्मीले रेसुङ्गा नगरपालिका वडा नं। १० सिमिचौरमा नि:शुल्क सुगर परिक्षण गरेको छ । मेलान गुल्मीले आफ्नो १४ औं स्थापना दिवसको अवसरमा नि:शुल्क सुगर परिक्षण गरिएको मेलान गुल्मीका अध्यक्ष केपी भण्डारीले जानकारी दिए ।

सुगर परिक्षणमा करीब दुई सुय जनाले सेवा लिएका थिए । जसमध्ये ३४ जनामा सुगर भेटिएको अध्यक्ष केपी भण्डारीले बताए । सुगर भेटिएका ३४ जनालाई जिल्ला अस्पत्ताल तम्घास रेफर गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

मेलान गुल्मीले गत बर्ष पनी स्थापना दिवसको अवसर पारेर जिल्लाको मालिका गाउँपालिकामा निस्शुल्क सुगर परिक्षण शिविर चलाएको थियो । शिविरमा एक सय ५२ जनाले सेवा लिएका थिए जसमा २० जनामा सुगर भेटिएको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७६, आईतवार १५:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।