Logo

राजनीति

नेपाली कांग्रेस गुल्मीको आयोजनामा अन्तरक्रिया तथा वृक्षारोपण कार्यक्रम सम्पन्न



नेपाली कांग्रेस गुल्मीको पार्टी कार्यालय बिपि स्मृति भवन सदरमुकाम तम्घासमा अन्तरक्रिया तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । नेपाल महिला संघ जिल्ला कार्य समिति गुल्मी तथा नेपाल महिला संघ रेसुङ्गा नगर कार्य समिति गुल्मीको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो ।

नेपाली कांग्रेसको नेतृ तथा प्रजातान्त्रिक आन्दोलनकी योद्धा एवं निडर व्यक्तित्व शैलजा आर्चायको १० औँ स्मृति दिवशको अवसर पारेर अन्तरक्रिया तथा वृक्षारोपण कार्यक्रम गरिएको नेपाल महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी पाण्डेयले जानकारी दिए ।

नेपाली कांग्रेस जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा आर्चायले कांग्रेसलाई पुर्याएको योगदानको चर्चा गरिएको थियो ।

प्रजातान्त्रिक आन्दोलनसँगै महिलाहरुलाई राजनितिको मूलधारमा ल्याउनका लागि स्वर्गीय आर्चायको योगदान उल्लेखीय रहेको कांग्रेस गुल्मीका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले बताए ।


कार्यक्रममा कांग्रेस जिल्ला सचिव खिलध्वज पन्थी, जिल्ला सदस्य थम्मन के .सी, झविन्द्र विश्वकर्मा, हरिकृष्ण विक, जिल्ला आमन्त्रित सदस्य पदम विष्ट,भातृ सङगठनका प्रमुख तथा प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार ११:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।