Logo

बैंकिंग

माछापुछ्रे बैंकले १०.४ प्रतिशत लाभांस वितरण गर्ने



माछापुछ्रे  बैंक लिमिटेडले शेयरधनीहरुलाई चूक्ता पूँजीको १०.४ प्रतिशत लाभांश (कर सहित) वितरण गर्न निर्णय गरेको छ । बैंको मिति २०७७÷०६÷०१ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्ष (२०७६÷७७) को खुद मुनाफाबाट आफ्ना ग्राहकलाई सोही लाभांश वितरण गर्न लागेको हो । लाभांश अन्तर्गत बैंकले ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद लाभांश (कर सहित) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामि बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने समेत निर्णय गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा रु.१ अर्व २६ करोड ५१ लाख रुपैया खुद नाफा गरेर प्रतिशेयर आम्दानी रु.१४ रुपैया ९६ पैसा कायम गरेको थियो । चुक्ता पूँजी रु.८ अर्व ४५ करोड ८४ लाख रहको माछापुछ्रे  बैंकको साधारण जगेडा कोषमा रु.१ अर्व ७० करोड रुपैया संचित रहेको छ ।

बैंकले हाल १५९ वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९२ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत सेवा प्रदान गर्दै आएको छ । 

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ३ : ४१ बजे