Logo

जापानमा नवनिर्वाचित प्रधानमन्त्री सुगाद्वारा पदवहाली



जापानका नयाँ प्रधानमन्त्री योशीहिडे सुगाले बिहीबार देशका कार्यकारी प्रधानमन्त्रीको रूपमा पदभार सम्हाल्हेका छन् ।  कार्यालयमा उपस्थित भई जिम्मेवारी सम्हालेपछि उनले ‘जनताको अपेक्षा पूरा गर्ने’ प्रतिवद्धता व्यक्त गरेका छन् ।  

प्रधानमन्त्रीको कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै सुगाले आफ्नो मन्त्रिपरिषद्ले कुशलताका साथ जनमतको सम्मान गर्दै अघि बढने बताए ।  “म जनताको लागि काम गर्ने र नतिजा प्राप्त गर्ने मन्त्रीमण्डल बनाएर जनताको अपेक्षा पूरा गर्न चाहन्छु,“ सुगाले भने ।

पदबहालीपछि नवनिर्वाचित मन्त्रीपरिषद्का मुख्य सचिव कत्सुनोबु कातोले कोरोनाभाइरस महामारीको बिरूद्ध लड्न र सङ्क्रमणलाई थप बढ्न नदिन पूर्ववत प्रशासनको मार्गलाई पछ्याउँदै अघि बढ्ने बताए ।

 

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार २२:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।