मकवानपुर, मनहरी गाउँपालिका-६ रुपाचुरी जंगलस्थित बासको छाप्रोबाट करिब १ सय किलो अवैध लागूऔषध गाँजा शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।
उक्त छाप्रोमा अपरिचित व्यक्तिले गाँजा प्याकिङ गरीरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीलाई देख्नासाथ ती व्यक्ति फरार भएपछि प्रहरीले उक्त गाँजा बरामद गरेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया