Logo

कोशी प्रदेश

११० राउन्ड गोलीसहित विप्लव समूहका कार्यकर्ता पक्राउ



संखुवासभामा अत्याधुनिक हतियार र गोलीसहित प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्लास्तरीय एक कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा निम दोर्जे तामाङ छन् । उनको साथबाट अत्याधुनिक हतियार एसएलआर एक थान, ११० राउन्ड गोली, एसएलआर र एलएमजीको एक–एक म्यागजिनसमेत बरामद गरिएको प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले बताए ।

उनका अनुसार हतियारसहित पक्राउ परेका तामाङबाट पार्टीका दस्तावेज लगायत अन्य सामग्रीसमेत बरामद गरिएको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार ०९:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।