Logo

पत्रपत्रिका

वृद्धभत्ता बुझ्न गएका व्यक्तिलाई आफैं मरेको प्रमाणपत्र थमाईयो



वृद्धभत्ता लिन पुगेका मनिराम खत्री र उनकी श्रीमती ज्योतिकला खत्रीलाई गाउँपालिकाले नै मृत्यु भइसकेको भन्दै प्रमाणपत्र थमाएको छ । कर्मचारीको लापरबाहीका कारण जीवित व्यक्तिलाई मृत्युको प्रमाणपत्र दिइएको हो ।

गत असार १० गते ती दम्पतीलाई गाउँपालिकाले मृत्यु दर्ताको प्रमाणपत्र थमाएको थियो । लेखपढ नगरेका खत्री दम्पतीले उक्त प्रमाणपत्र के को हो भन्ने पत्ता पाएनन् । तर जब आफ्नै मृत्युदर्ताको प्रमाणपत्र भएको थाहा पाए, तब उनीहरू छाँगाबाट खसेजस्तै भए । खत्री परिवार केही महिनाअघि बर्दिया बसाइँ सरेको थियो । बसाइ सराइको प्रमाणपत्र नलिएका कारण उनीहरु वृद्धभत्ता बुझ्न दैलेख पुगेका थिए ।

गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर बुढाले मृत्युदर्ताको प्रमाणपत्रमा रुजु गरेका छन् । तर उनको अन्यत्रै सरुवा भइसकेको छ । ‘गत मंसिरमा हाम्रो परिवार बसाइँ सरी बाँसगढी आएको थियो,’ पीडितकी छोरी नानकला अधिकारीले भनिन्, ‘वृद्धभत्ता मिलाइदिन भनेर बाआमाले गाउँपालिकामा कागजात पेस गर्नुभएको थियो । तर बाआमा वृद्धभत्ता बुझ्न जाँदा त गाउँपालिकाले उल्टै दुवै जनाको मृत्यु भएको प्रमाणपत्र पो थमायो ।’
अन्नपूर्ण पोस्टबाट

प्रकाशित मिति : ५ श्रावण २०७६, आईतवार ०३:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।