घोराही उपमहानगरको कुइने भन्ने ठाउँमा खाल्डोमा जम्मा भएको पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ । आइतबार बेलुकी खेतमा रोपाइँ सकेर घर फर्कने बेला हातखुट्टा धुन गएका बेला डुबेर ३ महिलाको ज्यान गएको वडा न १८ का अध्यक्ष भरत अर्यालले जानकारी दिए ।
सुरुमा एक जना महिला हातखुट्टा धुने क्रममा खाल्डोमा डुबेको र उनलाई तान्ने क्रममा अन्य दुई महिलाको समेत डुबेर मृत्यु भएको बताइएको छ । डुबेर मृत्यु हुने हरुमा अमृता बिक, झरना बिक र बसन्ता बिक रहेको वडा प्रहरी कार्यालय घोराहीले जानकारी दिएको छ ।




















प्रतिक्रिया