Logo

बैंकिङ

राष्ट्र सेवक कर्मचारीको कोरोना बीमाको लागि विवरण पठाउन बिमक संघको आग्रह 



नेपाल बिमक संघले राष्ट्र सेवक कर्मचारीहरुको बिमा भई आईसकेको जानकारी गराउँदै कर्मचारी तथा सम्बन्धीत सरकारी कार्यालयले बीमा कम्पनीहरुलाई आफ्ना कर्मचारीहरुको विवरण बीमा गर्नका लागि आग्रह रेको छ । 

सरकारले आर्थिक वर्ष २०७७।७८ को बजेट वक्तव्य मार्फत सबै राष्ट्र सेवक कर्मचारीहरुको एक लाख रुपैयाँको कोरोना बीमा  निःशुल्क गर्ने व्यवस्था अघि सारे अनुसार सबै कर्मचारीको बिमा भई आएको बिमक संघले जनाएको छ । 
सोही बिमा कुनै पनि निर्जीवन बीमा कम्पनीको कुनै पनि शाखाबाट गर्न सकिने संघले जनाएको छ । 

जेष्ठ १५ गते बजेट भाषण गरेको सरकारले साउन २१ गते कार्यबिधी तयार परेको थियो ।
अर्थ मन्त्रालयको प्रत्यक्ष सहभागीतामा तयार भएको कोरोना बीमा कार्यविधीका अनुसार सम्बन्धीत सरकारी कार्यालयले बीमा कम्पनीहरुलाई आफ्ना कर्मचारीहरुको विवरण बीमा गर्नका लागि पठाउनुपर्छ । कम्पनीले बीमा गरिदिएर प्रिमियम दावी गर्नका लागि बीमा समितिमा निवेदन दिनुपर्छ । त्यसरी निवेदन भएपछि समितिका कार्यकारी निर्देशक नेतृत्वको टिमले बीमा शुल्क भुक्तानीका लागि अर्थमन्त्रालय मार्फत श्रोत खोजेर कम्पनीलाई उपलब्ध गराउँछ । 
सरकारका हरेक कार्यालयहरुले छुट्टा छुट्टै बीमा गराउनुपर्ने र प्रिमियमका लागि बीमा समिति मार्फत प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ । 

 

प्रकाशित मिति : आश्विन २, २०७७ शुक्रबार  ११ : ३५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।