Logo

पत्रपत्रिका

कूटनीतिक मर्यादा नाघेर ‘रअ’ प्रमुखसँग भेट



भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल काठमाडौँ आई केही उच्च नेतालाई भेटेर फर्किएका छन् । करिब एक महिनाअघि उनले ‘रअ’ को नेतृत्व पाएका थिए ।

यो जिम्मेवारी पाएपछि पहिलोपटक आइतबार नेपाल आएका उनले सोही दिन बेलुका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग काठमाडौँस्थित भारतीय दूतावासमा र सोमबार बिहान सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग उनकै निवास खुमलटारमा भेट गरे ।

कांग्रेस सभापति देउवासँग ‘रअ’ प्रमुख गोयलले भेटेको विषयलाई स्रोतले पुष्टि गरे पनि देउवाको सचिवालयले भने अस्वीकार गरेको छ । उनका स्वकीय सचिव भानु देउवाले सभापतिले ‘रअ’ प्रमुखसँग भेटवार्ता नगरेको बताए ।

तर, भारतीय दूतावास स्रोतले सभापति देउवासँग भेट भए पनि खासै कुरा केही नभएको दाबी गरेको छ ।

नागरिक दैनिकबाट

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार ०३:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।