Logo

लुम्बिनी प्रदेश

बबईमा बाढीले बगाएर ल्याएको काठ लिन जांदा दुई जना बेपत्ता, ४५ घर डुबानमा



बबई नदीले बगाएर दुई जना बेपत्ता भएका छन् । बाढीले बगाएर ल्याएको काठ लिन गएका तीन जनामध्ये दुई जना बाढीमा बेपत्ता भएका हुन् । एक जनाको भने उद्धार गरिएको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार बर्दियाको बासगढी नगरपालिका ३ खल्ला बस्तीका करिब ४५ घर डुबानमा परेका छन् । जिल्ला प्रशासन कार्यालयले बबई नदीको जल सतह पनि बढ्दै गएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन सूचना जारी गरेको छ ।

कुरुम्बाङका अनुसार जलस्तर ६ मिटर पुगेपछि खतरा हुन्छ, अहिले ५ दशमलव ४१ मिटर पुगिसकेको उनले जानकारी दिए । यस्तै दाङका देउखुरीका केही भूभाग डुबानामा परेका छन् । राप्ती गाउँपालिकाको लठ्वा, पहरुवा, सिगैलगायतका गाउँ डुबानमा परेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार ०६:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।