पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफूलाई हेग (अन्तर्राष्ट्रिय अदालत) लगिए आफू झन् विश्वभर चर्चित हुने दाबी गरेका छन् । उनले ललितपुरस्थित आफ्नो निवास खुमलटारमा सोमबार बिहान नेकपामा प्रवेश गरेका नेत्रविक्रम चन्द समूहका ८ नेतारकार्यकर्तालाई स्वागत गर्दै त्यस्तो दाबी गरेका हुन् ।
‘हेग लगिएपनि मलाई केही फरक पर्ने छैन। हेग लगे भने त म झन् विश्वकै हिरो भएर निस्कन्छु, संसारभरिका जनताले मलाई यो त न्यायको पक्षमा रहेछ शान्तिको पक्षमा रहेछ भनेर चिन्ने छन्। त्यो त मेरो लागि गौरवको कुरा हुन्छ’ उनले भने, ‘तर मलाई लाग्दैन तिनीहरूले लान्छन् र विश्वको हिरो बनाउँछन् भनेर।’
नेकपा प्रवेश गरेका नेताहरूले सशस्त्रकालीन मानव अधिकार उल्लंघनका घटनामा तत्कालीन माओवादीका दाहालसहितका नेता तथा कार्यकर्तालाई अन्तर्राष्ट्रिय अदालतमा लगेर कारबाही हुन सक्ने खतरा अझै रहेको धारणा व्यक्त गरेका थिए। दाहालले त्यसको प्रत्युत्तर दिँदै कसैले पनि आफूलाई हेग लान नसक्ने दाबी गरेका हुन्।
उनले मुलुकमा परिवर्तनको नेतृत्व गरेका नेताहरूलाई सिध्याउन पाए लोकतान्त्रिक उपलब्धिलाई उल्टाउन सकिन्छ कि भनेर पश्चमागी तत्वले षडयन्त्र गरिरहेको दाबीसमेत गरे।
दाहालले चन्दको नेतृत्वमा केही मान्छे लाग्दैमा क्रान्ति हुन नसक्ने बताए। ‘दुई चार जना क्रान्ति गर्छौ भनेर लाग्दैमा क्रान्ति हुँदैन। क्रान्ति त लाखौं करोडौं जनताको व्यापक जनसहभागिताबाट मात्र सम्भव हुन्छ’ उनले भने।
उनले आफ्नो पार्टीको नेतृत्वमा क्रान्ति पूर्ण रूपमा सफल नभएपनि शक्ति सन्तुलन र विश्व परिस्थितिलाई विचार गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिमा चित्त बुझाएको बताए। उनले संघीय लोकतान्त्रिक व्यवस्था रहँदासम्म अहिले नेतृत्वमा रहेकामध्ये कोही पनि कमजोर नहुने बताए।
उनले क्रान्तिका नाममा हिंसात्मक गतिविधि गर्दा संघीय लोकतान्त्रिक व्यवस्था कमजोर भई प्रतिक्रियावादीलाई फाइदा पुग्ने र मुलुकले दुःख पाउने उल्लेख गर्दै चन्द समूहले यसतर्फ सचेत हुन आग्रह गरेका थिए। कान्तिपुरबाट
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १३ अर्ब ऋण : बजेट दुरुपयोग भएको गुनासो
बजेट दुरुपयोग भएको भन्दै आलोचित प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्न सरकारले १३ अर्ब रुपैंयाँ ऋण लिने गृहकार्य थालेको छ ।विश्व बैंकको अन्तराष्ट्रिय विकास संस्था (आईडीइए)बाट १ सय २० मिलियन डलर ९१३ अर्ब रुपैंयाँ० ऋण लिन सरकारले बार्ता टोली नै गठन गरेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट बाँदर लखेट्न खर्च
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि यसबर्ष ५ अर्ब १ करोड रुपैंयाँ विनियोजन गरिएको र यसल अपुग हुने भएपछि आउँदो पाँच बर्षभित्र खर्च गर्ने गरी विश्व बैंकसँग ऋण लिन लागिएको हो । वार्ता समिति गठन भएको, उसले बार्ता गरिरहेको र ऋण लिने लभगभ निश्चित भइसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ष विष्टले बताए । कान्तिपुर दैनिकबाट
यसरी भयो अष्ट्रेलियामा दुई नेपालीको ज्यान जानेगरी दुर्घटना
तिव्र गतिमा रहेको कार चालकले अचानक बाटोमा कंगारु देखे । कंगारुलाई बचाउन खोज्दा कार अनियन्त्रित भयो । दक्षिणी न्यु साउन वेल्सको मोनारो राजमार्गमा अष्ट्रेलियाली समयानुसार विहान ३ बजेर ४० मिनेटमा भएको दुर्घटनामा अगाडि बसेका युवक र पछाडि बसेकी युवतीको घटनास्थलमा मृत्यु भयो ।
अष्ट्रेलियाबाट प्रकाशित हुने एबीसी न्युजका अनुसार कार सडकबाट १६० मिटर टाढा पुगेको थियो । तिव्र गतिको कार सडकबाट खस्दा पछाडि बसेकी महिला झर्न पुगेकी थिइन् । बाँकी चार जना कारमै परे । जसमध्ये अगाडि बसेकाको मृत्यु भयो । कार चालक सागर भट्टराई गम्भीर घाइते भए । पछाडि बसेकी महिला कारबाट झरेकाले गम्भीर घाइते भई घटनास्थलमा मृत्यु भएको थियो ।
दुर्घटनामा परेको कार नराम्ररी किच्चिएको छ । कारको अवस्था र दुर्घटनास्थलको तस्वीरले पनि दुर्घटनामा बाँच्ने सम्भावना कम रहेको देखिन्छ । घटनामा दुई जना बचेपनि एकको अवस्था चिन्ताजनक रहेको छ ।
घटनामा घाइते अस्वीर कँडेलले सहयोग मागेपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थलमा घाइते २२ वर्षीय चालकलाई क्यानबेरा अस्पताल लगिएको थियो । उनलाई टाउकोमा गम्भीर चोट लागेको छ । सगीत देवकोटा पनि गम्भीर घाइते छन् ।
बिदाको दिनमा रमाइलो गर्न १५ जना नेपालीहरु क्यानबेरा नजिकैको स्नोइ माउन्टेन गएका थिए । सिड्नीबाट हिउँ खेल्न गएका उनीहरु राति उडन रिजर्भमा बसेको र त्यसमध्ये पाँच जना राति नै हिउँ पर्ने पहाडतर्फ लागेका थिए ।
रमाइलो गर्न गएका उनीहरुमध्ये दुईको दुखान्त मृत्यु भयो । दुई जना गम्भीर घाइते भए । अष्ट्रेलियास्थित नेपाली राजदूतावासले घटनालगत्तै मृतक र घाइतेबारे जानकारी लिइरहेको बुझिएको छ ।





















प्रतिक्रिया