Logo

बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा”जुलुङ्गो” छनौट



राजेशप्रसाद खत्री निर्देशित नेपाली सर्ट फिल्म ‘जुलुङ्गो ९अ स्केयर क्रो०’ बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा छनौट भएको छ । ‘जुलुङ्गो’ बुसानको ‘वाइड एंगलः एसियन सर्ट फिल्म कम्पिटिशन’ अन्तर्गत छनोट भएको हो । 

बुसानले हालै सार्वजनिक गरेको सूचीअनुसार एसियन सर्ट प्रतिस्पर्धामा ‘जुलुङ्गो’ छनोट भएको जनाएको छ । यो सँगै यस वर्ष बुसनमा दुई नेपाली फिल्म छनोट भएको छ । 

‘वाइड एंगलः एसियन सर्ट फिल्म कम्पिटिशन’ प्रतिस्पर्धाका लागि १० एसियाली फिल्म छनोटसँगै जुलुङ्गो पनि परेको हो । ‘जुलुङ्गो’ बुसानमा छनोट भएपछि निर्माण टोलीले बिहीबारे पोस्टर सार्वजनिक गरेको छ ।

नेपाल, फ्रान्स र हङकङको संयुक्त निर्माणमा बनेको यस फिल्मका निर्माताहरु र भाम ९नेपाल०, क्याथरिन डसार्ट ९फ्रान्स० र शुक फोङ चोक ९हङकङक० हुन् । पश्चिममा ‘भ्याउना’ भनेर भनिने जुलुङ्गोको अर्थ बाली–नाली रक्षा गर्न राखिने मान्छे आकृतिको बुख्याँचा भन्ने हुन्छ । फिल्ममा मुगुकै स्थानीय कविता बुढा, राधिका मल्ल, तारादेवी मल्ल, कविराज भाम लगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १२ : ५३ बजे