Logo

लुम्बिनी प्रदेश

दिदी सासु बला*त्कारको आरोपमा ज्वाई पक्राउ



सल्यानको कपुरकोट गाउँपालिका ५ रीम निवासी बोल्न नसक्ने दिदि सासूलाई घरमा कोही नभएको मौका पारी ज्वाइँ नाता पर्ने एक युवले बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बलात्कार गरेको आरोपमा बुधबार पक्राउ परेको इलाका प्रहरी कार्यालय लुहामका इन्चार्ज नरबहादुर खड्काले बताए । मंगलबार दिउँसो घरमा कोही नभएको मौका छोपी माइतीमा बस्दै आएकी यी महिलालाई बलात्कार गरेको गाउँका महिलाले देखेपछि पीडितका आफन्तलाई खबर गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । पीडितको स्वास्थ्य परीक्षण बुधबार जिल्ला अस्पताल सल्यानमा गरिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार ११:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।