Logo

कर्पोरेट फोकस

नेटवर्किङ व्यवसाय प्रतिबन्ध गर्ने तयारी 



वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पिरामिडमा आधारित सञ्जालयुक्त (नेटवर्किङ) व्यवसाय  सञ्चालन नगर्न तथा नगराउन अनुरोध गरेको छ ।

नेटवर्किङ व्यावसाय सम्बन्धी गुनासो तथा उजुरी आएकोले व्यवसाय नगर्न अनुरोध गरेको  महानिर्देश नेत्र सुवेदीले बताए । 

स्रोतका अनुसार विभागले प्रतिबन्ध गरेको समयमा गैरकानूनी व्यावसायिक काम कार्यबाही गरे गराएमा उल्लेखित कानूनले १० लाखसम्म वा ५ वर्ष कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ । 

लगभग १० वर्ष रोकिएको व्यावसाय सञ्चालन गर्न गत असार १६ गतेदेखि असार मसान्तसम्म विभागले सात कम्पनीलाई इजाजत दिएको थियो । 
विभागको तथ्याङ्कअुनसार असार मसान्तसम्म आइबोस ग्लोबल इन्टरनेशनल, नेचर हर्बस् इन्टरनेशनल, न्यू विवेक इन्टरप्राइजेज, हेल्दी लिभिङ नेपाल, केयर मार्टस इन्टरनेशनल, काठमाडौँ युटर्न इन्टरनेसनल र ग्लोबल ओरियन्स नेपाललाई कानूनबमोजिम वस्तुको प्रत्यक्ष बिक्री गर्ने व्यवसाय गर्न इजाजत प्रदान गरिएको थियो । तर यी कम्पनीले प्रत्यक्ष बिक्रिका नाममा गैर कानूनी रुपमा नेटवर्किङ शैलीमा व्यावसाय गरेको गुनासो तथा उजुरी आएपछि सञ्चालन नगर्न आग्रह गरिएको हो । 

विभागको सूचनामा ‘केही नेपाली कम्पनी तथा व्यक्तिहरू तथा विदेशीहरू समेतले वस्तुको प्रत्यक्ष बिक्रीका नाममा गैर कानूनी रूपले नेटवर्किङ शैलीमा व्यवसाय गरी नेपाल तथा विदेशमा रहेका नेपालीहरू समेतलाई त्यसमा आवद्ध गरी ठगी गरेको तथा पूँजी पलायन गरेको गुनासो तथा उजुरीहरू यस विभागमा आएको हुनाले त्यसप्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ।’ लेखिएको छ । 

गुनासो र उजुरीका आधारमा केही व्यक्ति तथा कम्पनीहरू उपर अनुसन्धान, जाँचबुझ तथा छानबिन पनि भइरहेको विभागले बताएको छ।

प्रकाशित मिति : आश्विन २, २०७७ शुक्रबार  १ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।