बहुविवाह मुद्दामा फरार अभियुक्त नायिका शिल्पा पोखरेल तत्काल पक्राउ पर्नबाट जोगिएकी छन् ।
आइतबार सर्वोच्च अदालतले दिएको आदेशले उनलाई यो मौका मिलेको हो । साउन ८ मा काठमाडौं जिल्ला अदालत र साउन २४ मा उच्च अदालत पाटनले पक्राउ गर्न दिएको आदेश बदरसहित उत्प्रेषण आदेश माग गर्दै साउन २९ गते कानूनी व्यवसायीमार्फत सर्वोच्चमा निवेदन दिएकी थिइन् ।
सोही निवेदनमाथि आइतबार एक पक्षीय बहसपछि सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले पोखरेललाई तत्काल लागि पक्रान नगर्न आदेश दिएको हो । साथै मुद्दाका दुवै पक्षलाई छलफलका लागि भदौ १५ गते सर्वोच्चमा उपस्थित हुन पनि आदेश दिएको छ । आदेशसँगै अब उनलाई भदौ १५ गतेसम्म उनी खुला रुपमा हिँडडुल गर्न पाउने बाटो खुलेको छ ।
यसअघिसम्म पोखरेललाई बहुविवाहको अभियुुक्तको रुपमा काठमाडौं प्रहरीले फरार सूचीमा राखेर २४ दिनदेखि व्यापक खोजी गरिरहेको थियो । सर्वोच्चमा दायर निवदेनमा शिल्पाले उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालत, टेकु प्रहरीलगायतलाई विपक्षी बनाएकी थिइन् ।
सिल्पा चलचित्र निर्माता छबि ओझाकी कान्छी श्रीमती हुन् । उनी र श्रीमान् छबिविरुद्ध जेठी श्रीमती ओझाले बहुविवाहको कसुरमा प्रहरीमा उजुरी दिएपछि गत साउन ८ गते काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गर्न अनुमति दिएको थियो ।
निवेदनमाथिको बहसपछि सुनुवाई गर्दै साउन २४ गते उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेशलाई नै निरन्तरता दिन आदेश दिएको थियो । त्यसपछि उनी सर्वोच्च पुगेकी हुन् ।





















प्रतिक्रिया