Logo

लुम्बिनी प्रदेश

१८ करोड रकम हिनामिना गरेको आरोपमा बैंक म्यानेजर पक्राउ



१८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा दाङबाट एक जना बैंक म्यानेजर पक्राउ परेका छन् । देवः विकास बैंक शाखा कार्यालय नारायणपुरका बैंक म्यानेजर शमिर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।

लमहीमा लुकिछिपी बस्दै आएको भन्ने सूचनाको आधारमा प्रहरीले दाङको लमहीबाट मंगलबार राति पक्राउ गरेको हो । दाङको घोराही उपमहानगरपालिका–१५ स्थायी घर भएका बुढाथोकी विरुद्ध जाहेरी परेको २४ घन्टाभित्र उनलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए ।

पक्राउ परेका बुढोथोकीलाई बुधबार उच्च अदालत तुलसीपुरको बाणिज्य इजलाश नेपालगंजमा पउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार ०६:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।