Logo

सुरक्षा/अपराध

लुटपाट पश्चात् हत्याका फरार योजनाकार पक्राउ



लुटपाट पश्चात् हत्याका फरार योजनाकार सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-२ टिमुरे ठेगाना भएका ४२ वर्षीय माईला भन्ने सोनाम तामाङलाई काभ्रे धुलीखेल नगरपालिका-१ मयुरपार्कबाट आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

गत असोज २१ गते रामेछाप सोनापती गाउँपालिका(३ कामा घर भएका भक्तपुर चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने ६१ वर्षीय चन्द्र बहादुर योञ्जन (लामा)लाई लुटपाट पछि हत्या गरेको घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले सोनामलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त जगाती पठाइएको छ ।

 चन्द्र बहादुरको पसलमा सोही दिन आएका दुई जना व्यक्तिहरुले वियर सेवन गरी आफन्तलाई जग्गा चाहिएको छ भन्ने बहाना बनाई चन्द्र बहादुरलाई जग्गा हेर्न भनी पसल भन्दा करिब १ किमी पर विडोलफाँटस्थित धानखेतमा लगी कुटपिट गरी उनको सुनको ब्रासलेट तथा मोबाइल समेत लुटी कर्तव्य गरी फरार भएका थिए । चन्द्र बहादुरको उपचारको क्रममा ग्रीनसिटी अस्पताल बसुन्धरामा मृत्यु भएको थियो । 

उक्त घटना पश्चात अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न भएका व्यक्तिहरु मध्ये कामी लामा, रमेश तामाङ र प्रेम तामाङलाई यस अघि नै असोज २६ गते महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त जगाती पठाएकोमा उनीहरू भक्तपुर जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि थुनामा रहेको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।  

प्रकाशित मिति : ४ माघ २०७७, आईतवार १६:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।