Logo

बैंकिंग

एनआईसी एशियाको सुपर चमत्कारिक कर्जाहरूको आवेदन खल्ती डिजिटलबाट दिन सकिने



एनआईसी एशिया बैंकले सुपर चमत्कारिक कर्जाहरूको आवेदन खल्ती डिजिटल वालेटमार्फत गर्न सकिने व्यावस्था गरेको छ । 

कर्जा योजनाअन्तर्गत समावेश गरिएका सर्वाधिक फाइदा तथा सुविधाहरू भएका सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जाको आवेदन उक्त खल्ती डिजिटल वालेटबाट जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सकिने व्यवस्था गरेको हो ।

बैंकको मोबाईल बैंकिङ्ग सुविधा प्रयोग गरिरहेका ग्राहकले आफ्नो बैंक खातामा खल्ती डिजिटल वालेटलाई लिंक गरि १४ आश्विन २०७७ सम्म रू. ५० नगद उपहार प्राप्त गर्न सकिने खल्ती वालेटले व्यावस्था गरेको छ । खातामा वालेटलाई जोडेपश्चात् वालेटमार्फत वस्तु तथा सेवा खरिद गर्दा लागत रकम सिधै बैंक खाताबाट भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।
 
बैंकले ग्राहकलाई सहजता पु¥याउने उद्देश्यसहित खल्ती डिजिटल वालेटसँग पछिल्लोपटक कर्जाको आवेदन दिन सकिने सहकार्य गरेको हो । 

यस वालेटका प्रयोगकर्ताहरूले वालेटभित्र रहेका यस बैंकको सुपर चमत्कारिक कर्जाहरूको आइकनमा ट्याप गरेर तीन किसिमका कर्जामध्ये आफुलाई चाहिएको कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । 

यसरी प्राप्त आवेदनहरू खल्ती डिजिटल वालेटले यस बैंकलाई पठाउने र बैंकले आवश्यक थप प्रक्रिया पु¥याई सम्पूर्ण कागजात बुझिलिएको ४८ घण्टाभित्र सम्बन्धित आवेदकलाई कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको छ । 

आवेदकको कर्जा स्वीकृतिको अवस्थाको बारेमा यस बैंकले एसएमएसबाट जानकारी गराउनेछ र आवेदक स्वयम्ले समेत यस बैंकको वेबसाइट मा गई गर्न सकिने जानकारी गराएको छ । 
बैंकले वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा उक्त तीनवटा कर्जाहरू ल्याएको छ । उक्त ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने सुनिश्चितताका लागि बैंक र ऋणीको बिचमा व्यवस्था हुने कर्जा प्रस्ताव पत्र तथा बैंकले ब्याजदर सम्बन्धी प्रतिबद्धता पत्रको समेत व्यवस्था गर्ने जनाएको छ ।  साथै एक वर्ष पश्चात् बैंकले ८.२५ प्रतिशत वा बेसरेट ८.२५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै यस कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ४ : ५९ बजे