Logo

साहित्य

यस वर्षको पद्मश्री साहित्य पुरस्कार रमेश सायनको ‘छुटेका अनुहार’ लाई



यस वर्षको पद्मश्री साहित्य पुरस्कार निबन्धकार रमेश सायनको संस्मरण छुटेका अनुहारलाई प्रदान गरिएको छ । यसैगरी पद्मश्री साधना सम्मान डा. महेशराज पन्तलाई प्रदान गरिने भएको छ । खेमलाल हरिकला लामिछाने स्मृति प्रतिष्ठानले प्रदान गर्ने उक्त पुरस्कारको घोषणा आजै मंगलबार गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले विज्ञप्ति निकालेर पद्मश्री साहित्य पुरस्कार छुटेका अनुहारलाई र पद्मश्री साधना सम्मान इतिहासविद् तथा संस्कृतज्ञ डा. महेशराज पन्तलाई दिने निर्णय भएको जानकारी गराएका हुन् । पुरस्कारको राशि जनही २ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलवार ११:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।