Logo

प्रमुख समाचार

गुल्मीमा जीप दुर्घटनामा २ जनाको मृत्यु, ३ घाइते



गुल्मीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका ९ ददल्कामा लु १ च ३५१४ नम्बरका पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । दुर्घटनामा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए ।

बुधबार साँझ पाँणथोकबाट ददल्का जाँदै गरेको भ्यान ददल्का काबरोड भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी मुसिकोट नगरपालिका वडा नम्बर ९ अर्लाङ्कोटका अन्दाजी ७० वषर्ीय रामप्रसाद खरेलको मृत्यु भएको छ । अर्का मृतकको सनाखत हुन बाँकी छ ।

घाइते हुनेहरुमा मुसिकोट नगरपालिका ७ वामीका २३ वर्षीय भानुभक्त पौडेल, ८ वषर्ीया सोनीया बिक, २६ वर्षीय बिष्णु बिक छन् । घाइतेहरु सबैलाई उपचारको लागि बाग्लुङ्गको हटिया पठाइएको प्रहरीले जनाएको छ ।

जीप चालक ज्ञान बहादुर बिक भने फरार छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार १५:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।