Logo

पत्रपत्रिका

अस्वीकृत चिनियाँ गाईलाई फेरि ३२ करोड



सरकारले अस्वीकृत गाईलाई पुन नेपाल ल्याउने भएको छ । तत्कालिन प्रधानमन्त्री एबं नेकपा अध्यक्ष पुष्पकमल दाहालको पालामा नेपाल भित्र्याउने भनिएका चिनियाँ गाई पुन ल्याउने तयारी थालिएको छ । तत्कालिन समयमा सरकारले नेपाली हावापानीमा अनुकूलन हुन नसक्ने भन्दै अस्वीकार गरेको थियो । यो सामाचार आजको अन्नपुर्ण पोस्टमा छापिएको छ ।

अन्नपुर्णका अनुसार यसपटक प्रदेश सरकारले गाईलाई नेपाल ल्याउने भएका हुन् । नेपालमा उन्नत जातका चिनियाँ गाई भित्र्याउने परियोजनाका लागि चीनले ३२ अर्ब रुपैयाँ अनुदान दिन लागेको छ। अनुदान रकम चीनले नेपाललाई प्रतिबद्धता गरेको सहायता रकमबाटै कट्टा गरिनेछ। प्रदेश सरकारमार्फत कार्यान्वयन गर्न लागिएको परियोजनाअन्तर्गत चीनबाट १७ हजार ‘होलेस्टिन फ्रिजियन’ जातका गाई ल्याइनेछ।

नेपालमा विदेशी गाईबस्तु असफल भएको पृष्ठभूमि छ। २०३३ मा पनि कृषि क्रान्ति भन्दै ‘कृषि–वर्ष’ मनाउने क्रममा भारतबाट गाई, साढे, भैंसी, राँगा, बोका, बाख्रा, भेडा, गधालगायत भित्र्याउन भन्दै ठूलो रकम खर्च गरिएको थियो। तर, ती कुनै पनि पशु नेपालको हावापानी अनुकूल नभएपछि राज्यको ठूलो लगानी खेर गएको थियो। त्यति बेला कर्मचारी र मन्त्रीको मिलेमतोमा रकमको चरम दुरुपयोग भएको २०३४–२०३५ को महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।

ठूला डेरी उद्योगका सञ्चालकले पनि चिनियाँ अनुदानबाट सार्वजनिक निजी साझेदारीका नाममा ब्रिडिङ फार्म सञ्चालनका लागि सरकार निकट व्यक्तिलाई दिन लागेको भन्दै विरोध गरेका छन्। नेपालमा २२ लाख दूधालुु गाई छन्। यसमध्ये दैनिक १० लिटर दूध दिने जर्सी र होलेस्टिन जातको पाँच लाख गाई छन्। बाँकी औसत करिब तीन लिटर दूध दिने स्थानीय जातका गाई छन्।

स्वदेशमा दैनिक झन्डै पाँच लाख लिटर दूध उत्पादन भइरहेको छ। दूध उत्पादनमा २० हजार प्रत्यक्ष रोजगारी र पाँच लाख किसान प्रत्यक्ष संलग्न छन्। झन्डै एक हजार आठ सय दुुग्ध सहकारीमार्फत दूध संकलन गरी डेरी उद्योग सञ्चालन भइरहेको छ

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार ०१:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।