Logo

पत्रपत्रिका

जब जहाज बँदेलसंग ठोक्कियो



मंगलबार साँझ ६ः २५ को समय थियो । काठमाडौंबाट नेपालगन्जका लागि उडेको विमान आफ्नो स्थानमा पुगेर ल्यान्ड हुँदै गर्दा बुद्ध एयरको जहाजसंग बँदेल ठोक्कियो । र बँदेल मर्यो । तर, यात्रुलाई केही भएन् ।

नेपालमा दुर्घटनाका विभिन्न कारणहरु मध्ये यो पनि एक कारण हो । जहाज चालकले उडाउँदा र ल्यान्ड गर्दा ध्यान नदिएकै कारण दर्जनौ यात्रुहरुले अकालमै ज्यान गुमाउने गरेको छ । बुद्ध एयरका नेपालगन्ज प्रमुख विनित शाहका अनुसार जहाज ल्यान्ड हुने क्रममा पछाडिको चक्कामा बँदेल ठोक्किएको थियो । यदि त्यो ठाउँमा अरु कुनै ठुलो जनावर ठोक्किएको भए ठुलो दुर्घटना हुने थियो । यो सामाचार आजको समाचारपत्रमा छापिएको छ ।

समाचारमा धावनमार्ग नजिकै भाmँडी बढेको र झाडीबाट बँदेल दौडेर रनवेतिर आएपछि जहाजको पछाडिको चक्कामा ठोकिएको कारण देखाईएको छ । साथै झाडीबाट बेलाबेलामा बँदेल, दुम्सी र स्याल लगायतका जनावर देखिने गरेको समेत बताईएको छ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार ०१:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।