Logo

पत्रपत्रिका

मालपोतले आफ्नै जग्गा अरुको बनायो



नेपालमा अधिकांस जग्गा विवादमा भूमि सुधार तथा मालपोत कार्यालय विभिन्न कारणले मुछिएको पाईन्छ । मालपोतकै कारण सर्वसाधारहरुले आफ्नो जग्गालाई समेत आफ्नो भन्न पाउँदैनन् । यसैगरि कञ्चनपुरको भूमि सुधार तथा मालपोत कार्यालयले एक महिला जग्गा किर्ते गरेर अर्कैको नाममा गरेको खुलेको छ। यो सामाचार आजको सामाचार पत्रमा छापिएको छ।

समाचार अनुसार भूमि सुधार तथा मालपोत कार्यालको तल्लोदेखि माथिल्लो तहसम्मको ‘च्यानल’ नै मिलेर एक व्यक्तिको नाममा रहेको साँढे ५ कट्ठा जमिन अर्कैको नाममा गरिएको हो । खोजी गर्दै जाँदा जग्गामा मालपोत कार्यालयका मालपोत अधिकृत अशोकसिंह भण्डारीले नै कीर्ते कागजातमा हस्ताक्षर गरेको भेटिएको खुल्नमा आएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–६ मा बस्ने करन चन्दको नाममा स्रेस्ता रहेको जमिनलाई अधिकृत भण्डारीलगायतको ‘च्यानलले’ भगतपुर बस्ने तुलसी दमाईको नाममा नामसारी गरेका हुन् ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार ०१:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।