Logo

समाचार

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा द्वन्द्वपीडितले अन्तरक्रिया गर्ने



अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर मंसिर २३ मा काठमामा बृहत अन्तरक्रियाको कार्यक्रम आयोजना गर्ने भएको छ ।

द्वन्द्वपीडित राष्ट्रिय संजालको आयोजनामा हुन लागेको उक्त अन्तरक्रिया कार्यक्रमको प्रमुख आतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा तत्कालीन दस वर्षे माओवादी जनयुद्धमा हत्या गरिएका ओखलढुंगाका शिक्षक गुरुप्रसाद लुईँटेल र तत्कालीन राज्य पक्षबाट रामेछापको दोरम्बामा हत्या गरिएका १९ निसशस्त्र माओवादी कार्यकर्ताको बारेमा तयार गरिएको वृतचित्रको विशेष प्रदर्शनी हुने आयोजकले जानकारी दिएको छ ।

यस्तै कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापा, राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि, मानवअधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि, कानुन ब्यबसायी सहित द्वन्द्वपीडितहरुको सहभागीता रहने समेत आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार ११:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।