चीन सरकारले शिन्जियाङ प्रान्तका विगर मुस्लिम समुदायमाथि दमन गरेको आरोप लगाउँदै नेपाल रिपब्लिक पार्टीले विरोध जनाएको छ ।
पार्टीका केन्द्रीय अध्यक्ष सिद्धार्थ गौतमले एक विज्ञप्ति जारी गर्र्दै चीन सरकार धार्मिक आस्थाकै आधारमा दमनमा उत्रेको आरोप लगाएका छन् । चीनले बौद्ध र मुस्लिमप्रति आततायी ब्यबहार गरेको छ, गौतमले विज्ञप्तिमा भनेका छन्,‘कम्युनिष्ट बिचारमा असहमत राख्नेलाई भौतिक रुपमा समाप्त पार्न खोजिएको यो गतिलो उदाहरण हो ।’
चीनको यो ब्यबहार प्रजातन्त्र, मानवअधिकार र अभिब्यक्ति स्वतन्त्रताको बिरोधी भएको ठहर गर्दे यो चरित्र असभ्य एवं सर्वसत्तावादी भएको केन्द्रीय अध्यक्ष गौतमले बताए । रिपब्लिक पार्टीको विज्ञप्तिमा भनिएको छ,‘जनताको नितान्त धार्मिक मामिलामा समेत हस्तक्षेप गर्न खोज्ने चीनको दुष्प्रयास सर्वथा अक्षम्य रहेको छ ।’
यसैक्रममा हङकङको प्रजातन्त्र, स्वायत्तता र मानव अधिकारको आन्दोलनलाई दमनका भरमा समाप्त पार्ने चीनियाँ कम्युनिष्ट सरकारको कुटिल नियतका विरुद्ध अमेरिका यूके लगायत प्रजातान्त्रिक विश्व समुदाय एकमत बन्दै आएकोमा नेपाल रिपव्लिक पार्टीले स्वागत गरेको छ । विज्ञप्तिमा ‘अमेरीकन राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘‘द हङकङ ह्युमन राईट्स एण्ड डेमोक्रेसी एक्ट’’ लाई मञ्जुरी दिनुभएको छ । यस एक्ट मुताबिक अमेरीकाले यसको वार्षिक समिक्षा गर्छ कि चिनसित हङकङको स्वायतता बनिरहोस् भन्ने उल्लेख छ ।
हङकङको स्वयतता आन्दोलनलाई रिपब्लिक पार्टीले सकारात्मक रुपमा लिएको छ । अध्यक्ष गौतमले विज्ञप्तिमा भनेका छन्,‘नेपालीमुलका हङकङ नागरिकप्रतिको सुरक्षालाई लिएर हामी चिन्तित छौं ।’ चीनले तिखार्न थालेका दाह्रा–नंग्रा भाँचेर चीनलाई उसको थान्कोमा पु¥याउन र चीनमा प्रजातन्त्र, धार्मिक स्वतन्त्रता, मानव अधिकार र अभिव्यक्तिको स्वतन्त्रता बहाल गराउन हाम्रो अपिल छ, गौतमको भनाई छ । चीनको सर्वसत्तावादी आकांक्षालाई समयमै तह लगाइएन भने यो समग्र विश्व र मानव सभ्यताकै निम्ति खतरनाक साबित हुनसक्ने आरोप रिपब्लिक पार्टीले आरोप लगाएको छ ।
रिपब्लिक पार्टीका केन्द्रीय अध्यक्ष गौतमले विभिन्न आवरणमा नेपालमा आफ्नो पञ्जा फैलाउने र बौद्ध धर्मका नाममा बौद्ध धर्म–संस्कृतिलाई नै विकृत बनाउने काममा चीन प्रत्यक्ष र त्यसभन्दा बढी परोक्ष रुपमा आक्रामक तवरले सक्रिय हुन थालेको आरोप पनि लगाएका छन् । विविध आवरणमा नेपाललाई आफ्नो प्रभावक्षेत्र बनाउने र चलखेल गर्ने यस्तो दुस्साहस तत्काल बन्द गर्नुपर्छ, उनले भने, ‘हाम्रो पार्टी प्रजातन्त्रप्रेमी नेपाली जनताका तर्फबाट चीनलाई चेतावनी दिन चाहन्छ ।’ सानो राष्ट्र भनेर नेपाललाई नहेप्न र चलखेलको सपना नदेख्न चीनलाई केन्द्रीय अध्यक्ष गौतमले अनुरोध समेत गरेका छन् ।




















प्रतिक्रिया