नेपालमा निर्वाचन भड्किलो हुने गरेको छ । जसका कारण परिवर्तन चाहाने युवाहरुले आफ्नो ज्यानै गुमाउनु परेको छ । बझाङको छविसपाथिभेरा गाँउपालिका ७ का रमेशबहादुर बोहरा पनि यस्तै परिवर्तन चाहाने युवामध्येका एक थिए ।
उनले आफ्नो गाउँ ठाउँ परिवर्तन भएको हेर्न चाहेका थिए । स्थानिय तहको निर्वाचन ताका वडा सदस्यका उम्मेवार बने ।
नेपाली कांग्रेसले उनलाई वडा अध्यक्षको मत पनि दियो । विडम्बना चुनावमा बोहरा १०२ मतले पराजित हुनपुगे ।
उहाँका दुई छोरी र एक छोरा बुवा समेत रहेका उनको घरमा जेठी छोरी १० वर्षीया, कान्छी छोरी ३ वर्षीया र छोरा ८ वर्षका छन् । उनको काँधमा परिवार पाल्ने जिम्मेवारी पनि रहेको थियो । तर, आज त्यो आठ वर्षिय छोरा अंकितले बुवालाई दागबत्ती दिएर सानै उमेरमा विदाई गर्नुपर्यो। घरमै बसेर राजनिती गर्न थालेपछि छोराछोरीको पढाइ खर्च, घरायसी खर्चसँगै गाँउघरमा आफूले काम गर्दा लागेको ऋण तिर्न धेरै भईसकेको थियो । चुनावमा मात्रै करिब ७ ८ लाख बढि ऋण लाग्यो ।
यसैले उनलाई परदेश पुर्यो । तर, परदेशले उनको परिवर्तनकारी विचारलाई सधैका लागि विदाई गरायो । रोजगारीको शिलसिलामा मलेसिया पुगेका उनी बाकसुमा फर्किए ।
मलेसियामा पुगेका बोहोरा यही मंसिर १३ गते सुतेको कोठामा मृत अवस्थामा फेला परेका थिए ।




















प्रतिक्रिया