करिब ४ सय केभी क्षमता भएको ढल्केभर सब स्टेसन निर्माणको अन्तिम चरणमा रहेको छ । धनुषामा निर्माण भईरहेको उक्त स्टेसन चाँडै सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
अहिले पुस (डिसेम्बर २०१९) भित्र निर्माण सम्पन्न गर्नेगरी (चार्ज) लक्ष्यका साथ जिआइएस प्रविधियुक्त स्वचालित सबस्टेसनको काम धामधम अगाडी बढाईएको छ । मुलुकभित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि ढल्कबेर सबस्टेसन ठूलो हब बन्ने छ। सबस्टेसन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात(निर्यातका लागि पूर्वाधार तयार हुने छ।
साथै ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रुपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
‘सबस्टेसनमा रहने ट्रान्सफर्महरको क्षमता ९४५ केभीए छ, २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ, वर्षायाममा बढी भएको खण्डमा ढल्केबर–मुजफ्फपुर ४ सय केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतमा सिधै निर्यात गर्न सकिन्छ’,उनले भने, ‘हिउँदमा आवश्यक परेमा न्यूनतम ६०० मेगावाट आयात गर्न सकिन्छ भने दुई मुलुकबीच इनर्जी बैकिङ गर्न समेत बाटो खुल्ने छ।’
दुई मुलुकबीच इनर्जी बैकिङ गर्ने सैद्धान्तिक सहमति भइसकेको छ। ढल्केबर–मुजफ्फपुर ४ सय केभी क्रसबोर्डर प्रसारण लाइने २२० केभीमा संचालनमा छ।




















प्रतिक्रिया