Logo

समाचार

प्रहरी प्रधान कार्यालयद्धारा ८ एसपी र २१ डीएसपीको सरुवा



नेपाल प्रहरीका ८ प्रहरी उपरीक्षकको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आठजना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयले धादिङका प्रहरी उपरीक्षक (एसपी) राजकुमार बैदवारलाई पुलिस एकेडेमिमा ल्याई एकेडेमीका एसपी रविन्द्र रेग्मीलाई धादिङ सरुवा गरेको छ ।

त्यस्तै सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईलाई कानुन शाखामा सरुवा गर्दै विश्वमणि पोखरेललाई सर्लाही पठाइएको छ ।

काभ्रेका एसपी जयराज सापकोटालाई दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर सरुवा गरी ट्राफिक महाशाखाका एसपी रवि पौडेललाई काभ्रे पठाइएको छ ।

स्याङ्जाका एसपी राजकुमार लम्साल हेर्डक्वाटर तानिएका छन् भने प्रहरी मुख्यालयको कानुन शाखाका एसपी जनार्दन जिसिलाई स्याङ्जा पुर्याइएको छ ।

यसैगरी, प्रधान कार्यालयले २१ डीएसपीहरुको पनि काज सरुवा गरेको छ ।

महानगरीय प्रहरी बृत्त बालाजुका डीएसपी रन्जितसिंह राठौरको सरुवा भएको छ भने बालाजुका डीएसपी बालनरसिंह राणा साइबर ब्युरो पुगेका छन् ।

त्यस्तै सातदोबाटोमा मित्रबन्धु शर्मा र थानकोटमा घनश्याम श्रेष्ठको सरुवा भएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी मानबहादुर राईको ठाउँमा रेवतीरमण पोखरेल गएका छन् ।

डिएसपी रुपेश खड्का प्रहरी प्रमुखको जिम्मेवारी सहित ओखलढुंगा पुगेका छन ।
त्यसैगरी बाजुराको प्रहरी प्रमुखमा टंकप्रसाद भट्टराई आएका छन् ।

कास्कीको वडा प्रहरी कार्यालय बैदाममा यादव ढकालको सरुवा भएको छ भने ईलाका प्रहरी कार्यालय डाँडाको नाक कास्कीमा अर्जुन रानाभाट गएका छन् ।

प्रहरी मुख्यालयको केन्द्रिय समाचार कक्षमा कार्यरत शरतकुमार थापा क्षेत्रीलाई ईलाका प्रहरी कार्यालय लहानको जिम्मेवारी दिइएको छ । लहानमा कार्यरत डीएसपी भेषराज रिजाल गोरखा पुगेका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार ०७:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।