Logo

पत्रपत्रिका

दुर्घटनामा सयौंको मृत्यु, ३० अर्ब बढि खर्च



मुलुकमा सडक दुर्घना प्रमुख चुनौतीको रहँदै आएको छ । जसका कारण ठुलो जनधनको क्षती समेत भईरहेको छ । वर्षेनी सयौँ मानिसले दुर्घटनामा परेर ज्यान गुमाईरहेका छन् भने ३० अर्ब बढि रुपैयाँ खर्च भईरहेको समाचार आजको अन्नपुणै पोस्टमा छापिएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले २०७२ सालमा गरेको एक अध्ययनमा सडक दुर्घटनाबाट नेपालको अर्थतन्त्र (कुल गार्हस्थ उत्पादन) मा ०.८ प्रतिशत क्षति भएको समाचारमा उल्लेख छ । त्यसयता नेपालमा सवारीसाधन दुर्घटना र मृत्यु हुनेको संख्या बढिरहेकाले कम्तीमा पनि ०.९ प्रतिशत हाराहारीमा अर्थतन्त्रमा क्षति भइरहेको अनुमान छ। दुर्घटना बढ्दा यस्तो क्षति बर्सेनि बढ्दो छ। सडक दुर्घटनाले नेपाली अर्थतन्त्रमा अघिल्लो आर्थिक वर्षमा ३० अर्बभन्दा बढीको क्षति पुगेको आँकलन छ। गत आर्थिक वर्षमा नेपाली अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब रुपैयाँ छ।

ट्राफिक प्रहरी निर्देशनलायका अनुसार यो वर्ष साउनयता चार महिना (आर्थिक वर्ष २०७६ ०७७ साउन–कात्तिक) मा देशभर ५ हजार नौ सय ८१ सडक दुर्घटना भएका छन्। ती दुर्घटनामा पाँच सय ८२ जना मारिएका छन्। एक हजार ६ सय ९२ जना गम्भीर घाइते छन्।

निर्देशनालयका अनुसार प्रतिदिन औसत ३७ सवारीसाधन दुर्घटना हुन्छन्। हरेक दिन औसतमा ७ जना मारिन्छन् भने १२ जना गम्भीर घाइते हुने गरेका छन्। डब्लूएचओका अनुसार नेपाल दक्षिण एसियाकै बढी सडक दुर्घटना हुने राष्ट्रमा पर्छ। हरेक वर्ष प्रतिएक लाख मानिसमा कम्तीमा १६ जनाले सडक दुर्घटनाकै कारण जीवन गुमाइरहेका छन्। विश्वभर हरेक वर्ष १३ लाख ५० हजार मानिसको सडक दुर्घटनामा ज्यान जान्छ। लाखौंको सख्यामा गम्भीर घाइते या अंगभंग हुने गरेका छन्।

प्रकाशित मिति : २२ मंसिर २०७६, आईतवार ०१:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।