Logo

पत्रपत्रिका

छोरीलाई आत्मनिर्भर बनाउन बैंक खातामा मासिक ५ सय, २० वर्षमा १ लाख २० हजार



छोरीलाई आत्मनिर्भर बनाउनका लागि कर्णाली प्रदेश सरकारले छोरीको बैंक खाता खोल्ने भएको छ । मासिक ५ सय रुपैयाँ खातामा राखिदिने सरकारको निर्णय छ ।

छोरीलाई माध्यमिक तहसम्मको अध्ययन ग्यारेन्टीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छोरीलाई बैंक खाता कार्यक्रम सञ्चालनमा ल्याएको हो । चालू आर्थिक वर्षको साउनदेखि कर्णालीमा जन्मेका छोरीहरुका लागि बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको नाम दिइएको यो कार्यक्रम लागू हुने बताइएको छ ।

कार्यक्रमअन्तर्गत पहिलो महिना एक हजार र दोस्रो महिनादेखि २० वर्षसम्म मासिक पाँच सय रुपैयाँका दरले प्रदेश सरकारले छोरीको बैंक खातामा रकम जम्मा गरिदिनेछ । यस हिसाबले छोरी २० वर्ष पुग्दा १ लाख २० हजार पाँच सय रुपैयाँ जम्मा हुन आउँछ । कर्णालीमा उमेर नपुग्दै छोरीहरुको विवाह गराइदिने प्रचलन छ । सानै उमेरमा विवाह हुँदा छोरीहरुले पढ्न पाउँदैनन् ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आईतवार ०१:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।