विद्यार्थीबाट असुलिएको बढि रकम फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले आईतबारको परिक्षा पनि बहिष्कार गरेका छन् । मेडिकल कलेजहरुले विद्यार्थी संग गरेको सम्झौता कार्यान्वायन नगरेको र बढि लिइएको रकम फिर्ता नगरेको भन्दै परिक्षा बहिष्कार गरेको हुन् । यो सामाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
समाचारमा आन्दोलनबीच शिक्षा मन्त्रालयका प्रतिनिधि कलेजमै गएर दबाब दिएपछि युनिभर्सल मेडिकल कलेजले दोस्रो वर्षका विद्यार्थीलाई चेकमार्फत रकम फिर्ता गरेको छ । प्रथम वर्षको रकम आगामी शुल्कमा समायोजन गर्ने सहमति भएको छ ।
सरकारले तोकेभन्दा बढी शुल्क असुलीको विरोधमा आन्दोलनरत मेडिकल कलेजका विद्यार्थीले आइतबारको वार्षिक परीक्षा पनि बहिष्कार गरेका छन् । चितवन, नेसनल, युनिभर्सल र गण्डकी मेडिकल कलेजका विद्यार्थीले बहिष्कार गरेका हुन् ।
आइतबार एमबिबिएस र नर्सिङको पहिलो वर्षका विद्यार्थीको परीक्षा थियो । परीक्षा बहिष्कार गरेका चितवन मेडिकल कलेजका विद्यार्थीले दिउँसो मुखमा कालोपट्टी बाँधेर धर्नासमेत दिए । गण्डकीमा केही विद्यार्थीले भने परीक्षा दिएका छन् । गत बिहीबार पनि चारवटै कलेजका एमबिबिएस विद्यार्थीले बहिष्कार गर्दा गण्डकीमा प्रिन्सिपल र सिइओका छोराछोरीसहित पाँचजनाले मात्रै परीक्षा दिएका थिए ।
१० मंसिरमा सरकारले मेडिकल कलेजसँग गरेको सहमतिले आफूहरूमाथि अन्याय भएको भन्दै विद्यार्थी आन्दोलनमा छन् । शैक्षिक सत्र ०७४/७५ र ०७५/७६ मा भर्ना भएका बिडिएस र एमबिबिएसका विद्यार्थीसँग उठाएको बढी शुल्क फिर्ता गर्ने गरी सरकार र कलेज सञ्चालकबीच सहमति भएको थियो । ०७२/७३ र ०७३/७४ मा भर्ना भएका विद्यार्थीको शुल्क फिर्ताका सम्बन्धमा निर्णय गर्ने अधिकार चिकित्सा शिक्षा आयोगलाई दिएको थियो । विद्यार्थीले चारवटै वर्षका सबै विषयका विद्यार्थीसँग उठाएको शुल्क फिर्ता हुनुपर्ने माग गर्दै आएका छन् ।





















प्रतिक्रिया