नेपाली सेनालाई अमेरिकाले दुई वटा ‘स्काई ट्रक’ दिएको छ। यससंगै मुलुकको हवाई उड्डयन क्षेत्रमा दुई वटा जहाज थपिएका छन् । नेपाली सेनालाई सहयोग स्वरुप अमेरिकाले दिने भनेको चार वटा एम १८ स्काई ट्रकमध्ये दुई वटा स्काई ट्रक काठमाडौं आईपुगेका हुन् ।
आपतकालीन उद्धार, विपद् व्यवस्थापन तथा राहत वितरणका लागि काम आउने जनाइएका उक्त दुई स्काई ट्रक शनिबार मध्यरातमा काठमाडौं अवतरण गरेको सेनाले जनाएको छ । सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेका अनुसार भारत हुँदै शनिबार राति साढे दुई बजे नेपाल अवतरण गरेका उक्त दुई जाहाजलाई हाल सेनाको ११ नम्बर बाहिनीमा राखिएको र पुष २ गते औपचारिक हस्तान्तरण गर्ने कार्यक्रम छ ।
२०७४ पुष ६ गतेको मन्त्रिपरिषद्को निर्णय अनुरुप मानवीय सहायता बढाउन उक्त दुई स्काई ट्रक नेपाल आईपुगेका हुन्, ‘उनले भने, बाँकी दुई जाहाज २०२० र २०२१ सम्ममा नेपाल आइपुग्ने छन् । दुई करोड १८ लाख ९८ हजार दलर मूल्य रहेको दुईटै जाहाजको क्षमता १८ जना वा २३ सय क्विन्टल समेत रहेको उनले जानकारी गराएको समाचार नागरिक दैनिकले छापेको छ । ।





















प्रतिक्रिया