Logo

खेलकुद

प्रदेश ३ सरकारले सागमा विजेता खेलाडीलाई नगद सहित सम्मान गर्ने



प्रदेश ३ सरकारले साग खेलकुदका विजेता खेलाडीलाई नगद सहित सम्मान गर्ने भएको छ ।
तीन नम्बर प्रदेशबाट स्वर्ण, रजत र कास्य जित्ने खेलाडीहरुलाई तीन नम्बर प्रदेश सरकारले नगद सहित सम्मान गर्ने गर्ने निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले खेलाडीलाई नगद दिने निर्णय गरेको हो ।
स्वर्ण पदक विजेता खेलाडीलाई १ लाख, रजत विजेता खेलाडीलाई ५० हजार र कास्य विजेता खेलाडीलाई ५० हजारका दरले नगद दिने निर्णय गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराउने तीन नम्बर प्रदेश स्थायी ठेगाना भएका खेलाडीहरुलाई मात्रै पुरस्कृत गर्न लागिएको प्रदेश प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलवार १०:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।