Logo

पत्रपत्रिका

उपसभामुखलाई पदबाट विदाई गर्दै नेकपा



सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संसदको हिउँदे अधिवेशन सुरुहुनु अगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी गरेको छ । नेकपाले सभामुखमा नयाँ मान्छे ल्याउने उद्देश्यले उपसभामुखको राजिनामा गराउन लागेको हो । यो समाचार आजको अन्नपुर्ण पोस्टमा छापिएको छ ।

संसदको नियमावलीमा रहेको व्यवस्थाअनुसार प्रतिनिभिसभा बैठकको प्रारम्भ र अन्त्य सभामुखले गर्छन् । सभामुख नहुँदा ज्येष्ठ सदस्यबाट गराइन्छ । तर यौन दुर्व्यवहारको आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद खाली छ । तर, संसद अधिवेशन भने यही पुस ४ मा सुरु हुने अधिवेशनको अध्यक्षता राजपा नेता एवं जेष्ठ सदस्य महन्त ठाकुरले गर्नेछन् ।
सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ । उपसभामुखबाट राजीनामा नगरी नेकपाका सांसदले सभामुखमा प्रतिष्पर्धा गर्न नपाउने भएकाले नेकपाले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउन लागेको हो ।

सभामुख आफ्नो पार्टीले लिँदा उपसभामुख अन्य वार्टीलाई दिने नेकपाले तयारी गरेको छ । उपसभामुख तुम्बाहाम्फेले भने सभामुखको निर्वाचन प्रक्रिया प्रारम्भ भएपछि मात्रै आफूले राजीनामा दिने बताए ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार ००:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।