Logo

पत्रपत्रिका

गण्डकी प्रदेशको ‘संसदभित्रै महिला सा‌ंसदमाथि यौनहिंसा’



संसद भनेको देशको सबैभन्दा पावरफुल स्थान हो । जहाँबाट सिंगो देशको भविष्य कोरिन्छ । अन्यायमा परेकालाई न्यायको साहस फेर्ने वातावरण सिर्जना गरिन्छ। तर, महिलाहरु त्यही संसदभवनभित्र नै असुरक्षित देखिएका छन् ।
यो घटना गण्डकी प्रदेशको संसदको हो । पहिलो कुरा त मान्छेहरु अञ्जान छन्, ‘यौनहिंसा भनेको के हो ? कसरी हुन्छ ? हिंसामा परेका महिलाले कसरी व्यक्त गर्ने ? कोसँग, कहाँ गएर हिंसामा परे भनेर गुहार्ने ? यी प्रश्नको जवाफ छ ?’
गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले तेस्र्याएका प्रश्न हुन् यी । उनले संसदभित्रै आफूहरुमाथि यौनहिंसा भएको बताइन् । भनिन्,‘पुरुष सांसदबाट संसदभित्रै हामीमाथि यौनहिंसा भएको छ, तर इज्जतको डरले सहन बाध्य छौँ ।’ पुरुष सांसदहरुले जिस्किने र मात्तिने नियतले फिलिङ्स दिने गरी हात मिलाउने र टाँसिएर ‘हग’ गर्ने गरेको उनले दाबी गरिन् । ‘के हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ रु टाँसिइरहनुपर्छ ?’ उनले भनिन् ।

पढेलेखेका, बुझ्ने र शिक्षित व्यक्ति पुग्ने संसद भवनभित्रै भइरहेका यस्ता गतिविधिप्रति कसैको ध्यान नपुगेकामा उनले गुनासो गरिन् । कान्तिपुर दैनिकले खबर छापेको छ ।

‘हामी महिला–पुरुष सबैसँग हात मिलाउँछौँ ।,’ लैंगिकताको सवालमा संसदीय निगरानी विषयमा सोमबार आयोजित कार्यशालामा उनले भनिन्, ‘हामी उनीहरुलाई सम्मान गछौं, सम्मानस्वरुप हात मिलाउने बानी छ । मैले मात्र होइन, सबै महिला साथीले पुरुषसँग हात मिलाउनुहुन्छ । तर उनीहरुले सम्मान र अभिवादनका लागि हात मिलाएका हुँदैनन् ।’

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार ००:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।